२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यविल्म्स ट्युमर के हो ? यसबाट कसरी बच्न सकिन्छ ?

विल्म्स ट्युमर के हो ? यसबाट कसरी बच्न सकिन्छ ?


विल्म्स ट्युमर भनेको बच्चाहरुमा हुने एक दुर्लभ मिर्गौलाको क्यान्सर हो । यो बालबालिकाहरुको मिर्गौलाका कोषिकाहरु बढेर हुन्छ ।

विल्म्स ट्युमर प्रायः एउटा मात्र मिर्गौलामा हुन्छ तर कहिलेकाहीँ दुवै मिर्गौलामा पनि हुन सक्छ । यो मिर्गौलाको बाहिरी भागमा पनि हुन सक्छ, भित्री भागमा पनि हुन सक्छ ।

विल्म्स ट्युमरका लक्षण

  • पेटको आकार बढ्दैं जाने ।
  • डाइरिया हुने ।
  • खाना नरुच्ने ।
  • ज्वरो आउने ।

विल्म्स ट्युमरको कारण के हो ?

विल्म्स ट्युमर बच्चाको आफ्नो पुस्ताबाट आउँछ । आमा वा बुवा कसैलाई भएको छ भने बच्चाहरुमा पनि आउँछ । आमा, बुवामा मात्र होइन्, आमाको परिवारमा कसैलाई भएको छ भने पनि यो आउँछ । वा वुवाको परिवारमा जस्तैः बुवाको आमा, बुवाको बाउ वा त्योभन्दा पहिलाको पुस्तामा कसैलाई भएको छ भने पनि अहिलेको बच्चामा यो विल्म्स ट्युमर हुन सक्छ ।

विल्म्स ट्युमरको उपचार

विल्म्स ट्युमरको उपचार तीन तरिकाबाट हुन्छ । सबैभन्दा पहिला शल्यक्रियाबाट हुन्छ । त्यसपछि किमोथेरापी र रेडियसनथेरापी गरिन्छ ।

शल्यक्रियाः विल्म्स ट्युमर भइसकेपछि ट्युमर झिकेर फ्याक्नुपर्ने हुन्छ । सबैभन्दा पहिला विल्म्स ट्युमर अपरेशन गरेर निकालिन्छ । सबै चरणको ट्युमरका लागि सर्जरी गर्नुपर्ने हुन्छ ।

किमोथेरापीः शल्यक्रियापछि किमोथेरापी गरिन्छ । किमोथेरापीमा क्यान्सरका कोषिकाहरु मार्नको लागि औषधीहरु दिइन्छ ।

रेडियसनथेरापीः बिरामीलाई किमोथेरापीपछि रेडियसनथेरापी गरिन्छ । रेडियसन थेरापीमा बिरामीलाई मेसिनमा राखिन्छ । क्यान्सर भएको ठाउँलाई टार्गेट गरेर विकिरणले क्यान्सरको सेलहरु मार्ने गरिन्छ ।

विल्म्सका जोखिमहरु

यो रोगको समयमै उपचार हुनुपर्छ । यसको समयमै उपचार नहुँदा ट्युमर बढ्दै जान्छ । जसले पेटको आकार बढ्दै जान्छ । यसरी पेटको आकार बढ्दै जाँदा शरीरको अरु भागमा असर गर्छ जस्तैः यो पेट, फोक्सो, जलेजो वा शरीरको कुनै पनि भागलाई असर गर्न सक्छ । यसरी ट्युमर फैलिँदा समयमै बिरामीको उपचार नहुँदा बिरामीको चाँडै मृत्यु हुन सक्छ ।

विल्म्स ट्युमर रोकथामका उपाय

बाहिरी खाना धेरै नखाने । यसले क्यान्सर नभए पनि केही मात्रामा क्यान्सरको जोखिमलाई बढाइ दिन्छ ।

पौस्टिक आहार भएको, न्युट्रियसन भएको खाना खाने । यसले शरीरलाई स्वस्थ राख्छ । जोखिम बढ्न दिँदैन् ।

विल्म्स ट्युमरका बिरामीले ध्यान दिनुपर्ने कुरा

शल्यक्रिया, रेडियसनथेरापी र किमोथेरापीले बिरामी एकदम नै कमजोर बनिसकेको हुन्छ । यस्तोमा बिरामीले आफ्नो खानामा विशेष ध्यान दिनुपर्छ ।

बिरामीले शरीरलाई उर्जा दिने खालको न्युट्रेसन भएको खानाहरु खानुपर्छ । शरीरमा उर्जाको लेभल बढाउन बिरामीले गर्न सक्ने खाल शारीरिक व्यायमहरु गर्नुपर्छ बिरामीलाई फोहोर ठाउँमा राख्नु हुँदैन् । बिरामी बस्ने ठाउँ वरीपरी सरसफाइ गर्नुपर्छ ।

प्रस्तुतिः श्रृजना खड्का


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ