२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यफोक्सोको क्यान्सर किन हुन्छ ? कसरी बच्न सकिन्छ ?

फोक्सोको क्यान्सर किन हुन्छ ? कसरी बच्न सकिन्छ ?


फोक्सो क्यान्सर एउटा रोग हो । यसमा फोक्सोमा कोषिकाहरु अनियन्त्रित रुपले बढ्दछन्, जसलाई हामी फेक्सो क्यान्सर भन्छौं ।

क्यान्सर भएको व्यक्तिको छातीमा दाग देखिन्छ । फोक्सो क्यान्सर फोक्सोबाट सुरु हुन्छ र शरीरको अन्य ठाउँमा फैलिंदै जान्छ । फोक्सोको क्यान्सर हुनुको सबैभन्दा प्रमुख कारण धुम्रपान हो ।

फोक्सो क्यान्सरको कारणहरु

फोक्सोमा क्यान्सर हुने धेरै कारणहरु छन । जसमध्ये केही कारणको चर्चा तल गरिएको छ ।

धुम्रपान
फोक्सोको क्यान्सरको सबैभन्दा प्रमुख कारण धुम्रपान सेवन हो । चुरोट र अन्य सूर्तिजन्य पदार्थको सेवनले पनि फोक्सोको क्यान्सर हुन्छ । धुम्रपान कहिलेकाही गर्नाले पनि त्यति नै मात्रामा जोखिम बढ्छ ।

सेकेन्ड ह्यान्ड धुम्रपान
नजिकै बसेको व्यक्तिले धुम्रपान गरिरहेको छ भने त्यहाँबाट आएको धुवाँले पनि क्यान्सरको जोखिम बढाइरहेको हुन्छ । सूर्ति वा चुरोटमा पाइने रसायन धुवाँमा हुने भएकोले धुम्रपान नगरेको व्यक्तिमा पनि त्यतिकै मात्रामा असर गरिरहेको हुन्छ ।

वंशाणुगत कारण
परिवारमा कसैलाई फोक्सो क्यान्सर भएको छ भने पनि फोक्सो क्यान्सरको जोखिम हुन सक्छ । वंशाणुगत पनि आएको हुन सक्छ । परिवारमा कसैलाई क्यान्सर भएको छ भने त्यस्तो व्यक्तिले समयमै अस्पताल गई आफ्नो चेकअप गराउनुपर्दछ ।

धुलो र धुँवा
धुलो र धुँवाबाट पनि फोक्सो क्यान्सर हुने सम्भावना उच्च हुन्छ । गाउँघरतिर बायोटिनबाट खाना बनाउने चलन छ । यस्तो धुवाँले पनि फोक्सो क्यान्सरको सम्भावना बढेर जान्छ ।

फोक्सो क्यान्सरका लक्षणहरु

फोक्सो क्यान्सरको धेरैजस्तो लक्षणहरु अन्तिम अवस्थामा आएर देखिन्छ । तर, कुनै कुनै लक्षणहरु पहिलेदेखि पनि देखिन्छन् । जस्तैः

  • लामो समयदेखि खोकी लाग्ने ।
  • खकारमा रगत देखिने ।
  • छाती दुख्ने ।
  • श्वास फेर्न गाह्रो हुने ।
  • खाना खान मन नलाग्ने ।
  • चाँडै थकाइ महसुस हुने ।
  • श्वर भासिने ।
  • हड्डी खुख्ने ।
  • तौल घट्ने ।
  • छिनछिनमा स्मरणशक्ति गुमाउने ।

फोक्सो क्यान्सरको चरणहरु

फोक्सो क्यान्सरको चार वटा चरणहरु हुन्छन् । सुरुमा क्यान्सर फोक्सोको एउटा भागमा मात्र सिमित हुन्छ । अन्तिम चरणमा क्यान्सर शरीरको कुनै भागमा फैलिएर जान सक्छ ।

पहिलो चरणः फोक्सो क्यान्सरको पहिलो चरणमा क्यान्सर शरीरको एक भागमा मात्र भएको हुन्छ । यो अवस्थामा क्यान्सर फैलिएको हुँदैन् । यसको आकार पनि सानो हुन्छ । यही अवस्थामा क्यान्सरको उपचार गर्नु सबैभन्दा राम्रो हुन्छ ।

दोस्रो चरणः यो चरणमा पनि क्यान्सर फोक्सोको एउटा भागमा मात्र हुन्छ । तर, त्यसको आकार ३ सेन्टिमिटरभन्दा अलि सानो हुन्छ र पहिलो चरणका भन्दा ठूलो भएको हुन्छ ।

तेस्रो चरणः तेस्रो चरणमा क्यान्सर दागहरु ७ सेन्टीमिटरभन्दा ठूलो भएको हुन्छ ।

चौथो चरणः यो चरणमा क्यान्सर अर्को फोक्सोमा पनि सरेको र फोक्सोहरुमा पानी जम्ने, पानीमा पनि क्यान्सर देखिने र क्यान्सर रगतबाट फैलिएर शरीरको विभिन्न भागमा पुगेको हुन्छ ।

फोक्सोको क्यान्सर फैलिने अंग

शरीरका विभिन्न अंगमा क्यान्सर फैलिन्छ । जस्तैः
मस्तिष्क
हड्डी
कलेजो
लिम्फ नोड्स
मिर्गौला
एडे«नल ग्रन्थीहरु आदि

यो अंगहरुमध्ये शरीरको अरु भागमा पनि क्यान्सर फैलिन्छ । यसरी क्यान्सर शरीरको विभिन्न भागमा फैलिनु क्यान्सरको एकदमै खतरनाक अवस्था हो । क्यान्सरलाई रोकथाम गर्न र यसबाट बच्न समयमै उपचार गर्नुपर्छ । उपचार गर्न ढिलो गरेमा वा चौथो चरणपछि बिरामीको बाँच्ने सम्भावना कम हुन्छ ।

फोक्सोको क्यान्सरको उपचार

क्यान्सरको उपचार तीन तरिकाबाट गरिन्छ । सर्जरी, किमोथेरापी र रेडियोथेरापी क्यान्सरको उपचारको प्रविधिहरु हुन् । फोक्सो ट्युमर काट्न मिल्छ भने सबैभन्दा राम्रो उपचार शल्यक्रिया हो । कुनै—कुनै ट्युमर सर्जरी गरेपछि ठूलो हुने हुन्छ । त्यसलाई पहिला नै किमो दिएर सानो गरेर सर्जरी गर्न पनि सकिन्छ । क्यान्सर कस्तो छ त्यसको प्रकृतिअनुसार क्यान्सरको चरण हेरेर त्यहीअनुसारको क्यान्सरको उपचार गरिन्छ ।

फोक्सो क्यान्सर निको हुने सम्भावना

फोक्सो क्यान्सर भएको व्यक्ति बाँच्ने सम्भावना छ । यदि उसले समयमै उपचार गर्यो भने र उपचार गरेर क्यान्सरको कोषिकाहरु मार्न सक्यो यो एकदमै राम्रो हो । यदि क्यान्सर भएको व्यक्तिले समयमै उपचार गरेन वा उपचार गर्न ढिला गर्दा बिरामी बाँच्ने सम्भावना एकदमै न्यून हुन्छ ।

प्रस्तुतिः श्रृजना खड्का


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ