२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यके स्तनमा आउने सबै खाले गिर्खाहरू क्यान्सर हुन् ? : डा. आगोनकृष्ण श्रेष्ठको जवाफ

के स्तनमा आउने सबै खाले गिर्खाहरू क्यान्सर हुन् ? : डा. आगोनकृष्ण श्रेष्ठको जवाफ


स्तनमा आउने सबैखाल गिर्खाहरु क्यान्सर होइनन् । तर, स्तनमा गिर्खा आउनु भनेकै स्तन क्यान्सरको प्रमुख लक्षण हो । त्यसैले कुनै पनि महिलाको उमेर समूहमा स्तनमा गिर्खा आएछ भने त्यो स्तनको गिर्खालाई क्यान्सर होइन है भनेर प्रमाणित भने गर्नुपर्छ ।

१८ वर्षको उमेरको टिनएजर्स महिलालाई स्तन क्यान्सर भएको उपचार गरेका छौं । समग्रमा स्तन क्यान्सर दुई मोडलमा आउँछ भनिन्छ ।
एउटा अर्लि ब्रेस्ट क्यान्सर जुन ४० वर्षभन्दा अगाडि देखिन्छ, जुन बढी एग्रेसीभ हुन्छ । अर्को, ४० वर्षपछि हुने ब्रेस्ट क्यान्सर । त्यही क्यान्सर ब्रेस्ट क्यान्सरको बाइ मोडल डिष्ट्रीब्युसन भन्छ ।

त्यही कारण कुनै पनि महिलाले मेरो स्तनमा गिर्खा आएको छ, यो कलिलो उमेरको क्यान्सर होइन भनेर बस्नु वुद्धिमानी होइन् । त्यो गिर्खा क्यान्सर नहुन सक्छ तर त्यसलाई क्यान्सर होइन भनेर प्रमाणित भने गर्नुपर्छ ।




क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ