२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यके हो ‘इन्डोमेट्रियल हाइपरप्लेसिया’ ? कसरी थाहा पाउने

के हो ‘इन्डोमेट्रियल हाइपरप्लेसिया’ ? कसरी थाहा पाउने


पाठेघरको तीन वटा तहमध्ये ‘इन्ड्रोमेट्रियम’ एउटा हो । त्यसको मोटोपना बढ्नुलाई ‘इन्ड्रोमेट्रियल हाइपरप्लेसिया’ भनिन्छ ।

यो क्यान्सरभन्दा अगाडिको अवस्था हो । एस्ट्रोजोन धेरै हुँदा यो रोग लाग्छ । यो अवस्थामा खासै लक्षणहरु हुँदैनन् । भिडियो एक्स–रे गरेर हेर्दा मात्र यो थाहा हुन्छ ।

कारण

‘इन्डोमेट्रियल हाइपरप्लेसिया’ हर्मोनहरुको ब्यालेन्स नमिल्दा हुने गर्दछ । एस्ट्रोजोन हर्मोन धेरै हुँदा नर्मल इन्ड्रोमेट्रियलको आकार बढ्दै जान्छ र ‘इन्डोमेट्रियल हाइपरप्लेसिया’ हुन्छ ।

लक्षणहरु

यसका धेरै लक्षण हुँदैन् । तर, महिनावरी सुकेको दुई तीन वर्ष भइसक्यो । फेरि अचानक रगत जान थाल्यो भने ‘इन्ड्रोमेट्रियल हाइपरप्लेसिया’ भएको हुन सक्छ ।

४६–४७ वर्ष भनेको महिनावरी सुक्ने समय हो । यो समयमा महिनावारी हुँदा झन धेरै रगत जान्छ भने यसले पनि ‘इन्ड्रोमेट्रियल हाइपरप्लेसिया’ भएको हुन सक्छ ।

‘इन्डोमेट्रियल हाइपरप्लेसिया’ प्रकार

‘इन्ड्रोमेट्रियल हाइपरप्लेसिया’को चार प्रकारका छन् ।
सिम्पल वीथ आउट अटिपिया
सिम्पल विथ अटिपिया
कम्पेलेक्स विथ आउट अटिपिया
कम्प्लेक्स विथ अटिपियामा
‘कम्प्लेक्स हाइपरप्लेसिया विथ अटिपिया’को उपचारमा सर्जरी गर्नैपर्ने हुन्छ । अरुमा सर्जरी नगरी हाई डोजको हर्मोन दिँदा पनि ठीक हुन्छ ।

उपचार कसरी गरिन्छ ?

यसको उपचारमा अटिपिया छैन भने सिम्पल हाइपर प्लासिया विथ आउट अटिपिया, सिम्पल विथ अटिपिया र कम्पेलेक्स विथ आउट अटिपिया जुन—जुनमा अटिपिया छैन । यो राम्रो केसहरु हुन । यिनीहरुमा शल्यक्रिया चाहिदैन् । हर्मोन मात्र दिएर राख्दा पनि हुन्छ ।

यो रोग एस्ट्रोजोन धेरै भएर हुने गर्छ । एस्ट्रोजोन कम गर्न प्रोजेस्टेरोन कोलस्ट्रोन दिनुपर्छ । प्रोजेस्टेरोन धेरै तरिकाले दिन मिल्छ । जस्तैः ट्याब्लेट, सुई र मिरेनाबाट पनि दिन मिल्छ । नेपालको कन्टेक्सटमा धेरै जस्तो खाने औषधी नै दिन्छौं । तीन महिनापछि फेरि बिरामीको वायोप्सी गर्छौ ।

कम्प्लेक्स हाइपरप्लेसिया विथ अटिपियामा २९ प्रतिशत क्यान्सर हुने सम्भावना हुन्छ । त्यसमा शल्यक्रिया गर्नैपर्ने हुन्छ । सो अपरेसनमा पाठेघर, डिम्बासय सबै निकालेर फ्यालिन्छ ।

पाठेघरमा ‘इन्ड्रोमेट्रियल हाइपरप्लेसिया’ नै भएको हो भनेर कसरी थाहा पाउने ?

पाठेघरमा हुने धेरै रोगहरुमध्ये यो पनि एउटा रोग हो । यसको लक्षणहरु पनि पाठेघरको अरु रोगहरुको लक्षणहरुसँग मिल्दोजुल्दो हुन्छ । धेरै लक्षणहरुमध्ये केही लक्षणहरु फरक हुन्छन्, जसबाट कुन भागमा समस्या भएको हो थाहा पाउन सकिन्छ । त्यसैगरी हामी धेरै टेस्टहरु पनि गर्छौ, जसले कहाँ समस्या भएको हो स्पष्ट पारी दिन्छ ।

भिडियो एक्स–रे मा पाठेघरको भित्ताहरु मोटो देखाउँछ । यो महिनावारी सुकिसकेको महिलाहरुमा भित्ताको मोटाइ चार अथवा पाँच एमएमसम्मको हुन्छ । र वायोप्सी गछौं । वायोप्सीपछि ‘इन्ड्रोमेट्रियल हाइपरप्लेसिया’ हो वा संक्रमण भएको हो वा हर्मोनहरु चेन्ज भएको हो स्पष्ट हुन्छ ।

‘इन्डोमेट्रियल हाइपरप्लेसिया’बारे डाक्टरबाट थाहा पाउनुपर्ने कुरा

–कुन प्रकारको इन्डोमेट्रियल हाइपरप्लेसिया भएको छ ।
–इन्डोमेट्रियल हाइपरप्लेसियाले पाठेघरको क्यान्सरको जोखिम छ कि छैन ।
–जोखिम छ भने जोखिम कम गर्न के गर्ने ।
–इन्डोमेट्रियल हाइपरप्लेसियाको सबैभन्दा राम्रो उपचार के हो ।
–उपचारको साइड इफेक्टहरु के—के छन् ।
–परिवारलाई इन्डोमेट्रियल हाइपरप्लेसियाको जोखिम छ कि छैन् ।
–उपचारपछि कस्तो फ्लोअप गर्नुपर्छ ।

कस्तो बिरामीलाई सर्जरी नगर्दा पनि हुन्छ ?

वृद्धा अवस्थामा ‘इन्ड्रोमेट्रियल हाइपरप्लेसिया’ भएका बिरामीहरु जसमा शल्यक्रिया गर्न जोखिमपूर्ण हुन्छ । बच्चा नभएका महिलाहरुले शल्यक्रिया नगर्दा पनि हुन्छ । तर, उहाँहरुलाई हाई डोजको औषधी दिनुपर्छ र नजिकबाट निगरानीमा राख्नुपर्छ ।

प्रस्तुतिः श्रृजना खड्का


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ