२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यहड्डीमा प्याथोलोजीक फ्याक्चर किन हुन्छ ?

हड्डीमा प्याथोलोजीक फ्याक्चर किन हुन्छ ?


प्याथोलोजीक फ्याक्चर भनेको लड्दा वा कतै ठोक्किदा घाउ, चोट लाग्नुको सट्टा हड्डी भाँचिनु हो । समय बित्दै जाँदा वृद्धावस्था लागेपछि मानिसहरुमा पहिलाको जस्तो उर्जा हुँदैन् ।

विभिन्न रोगहरुले सताउने गर्छ । धेरै रोगहरु हड्डीमा पनि लाग्न सक्छ, यसले प्याथोलोजीक फ्याक्चर हुन्छ । हड्डी कमजोर भएर र क्याल्सियम र भिटामिनको कमीले हुने गर्छ ।

प्याथोलोजीक फ्याक्चरका लक्षण

  • धेरै दुःखाइ ।
  • हिड्न नसक्नु ।
  • भाँच्चिएको ठाउँमा सुनिनु ।
  • बाहिरी रुपमा चोट पटक नदेखिएपनि चोट लागेको भित्री भागमा रगत बग्न सक्छ ।

प्याथोलोजीक फ्याक्चरका कारण

  • पातलो हड्डी
  • वृद्धावस्था
  • कमजोर हड्डी
  • क्याल्सियम र भिटामिनको कमी

हड्डीको प्याथोलोजीक फ्याक्चबाट बच्न के गर्ने

  • खानामा पर्याप्त मात्रामा क्याल्सियम, फसफोरस र भिटामिनयुक्त खाना खानुपर्छ ।
  • नियमित योगाभ्यास गर्ने ।
  • बसिरहने जीवनशैली परिवर्तन गर्ने, धेरै आराम नगर्ने ।
  • सिमित मात्रामा काम गर्ने र धेरै हिड्ने ।

हड्डीको प्याथोलोजीक फ्याक्चरको उपचार कसरी गरिन्छ ?

प्याथोलोजीक फ्याक्चरको उपचार दुई किसिमले गर्न सकिन्छ । यसलाई सामान्य प्लास्टर र सर्जरीबाट गर्न सकिन्छ ।
सामान्य फ्याक्चर भएको छ भने यसलाई प्लास्टर गरिन्छ ।

हड्डीको अवस्था हेरेर यसलाई अपरेसन गर्नुपर्ने छ भने अपरेसन गरिन्छ । हड्डीको उपचार गर्दै गर्दा हड्डी किन कमजोर भयो पत्ता लगाइन्छ ।

भिटामिन डी र क्याल्सियम नपुगेर कमजोर भएको हड्डी छ भने थप भिटामिन डी र क्याल्सियम दिइन्छ । अरु रोगले भएको छ भने रोग पत्ता लगाएर त्यसको उपचार गरिन्छ ।


-प्रस्तुति : सृजना खड्का


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ