२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यसेतो दुबी के हो र किन आउँछ ? 

सेतो दुबी के हो र किन आउँछ ? 


शरीरको कुनै पनि भागमा अचानक सेतो दागका कारण धेरैलाई समस्या भइरहेको पाइन्छ । यो एउटा शारीरिक सौन्दर्यताको समस्या पनि हो । चिकित्सककाअनुसार शरीरको कुनै पनि भागमा अचानक सेतो दाग आएको छ, तर कुनै पनि लक्षणहरू देखिँदैनन् भने त्यसलाई दुबी भनिन्छ ।

दुबी दुई वटा कारणले हुन्छ । बिना कारण छालामा अचानक सेतो दाग आउँछ भने त्यसलाई भिटिलाइगो दुबी भनिन्छ । कसै कसैमा शरीरमा घाउ भएर वा एलर्जी भएर शरीरमा सेतो दाग बस्छ । त्यो पनि दुबी नै हो । तर त्यसलाई ल्युकोडर्मा भनिन्छ । दुबी शरीरको कुनै पनि भागमा आउन सक्छ ।

केही कारणले भएको दुबी ठिक हुन सजिलो हुन्छ । तर बिना कारण आएको दुबी ठिक हुन समय लाग्छ । तीन महिना देखि एक वर्ष सम्म पनि लाग्न सक्छ ।

दुबी किन आउँछ ?

मेलानोसाइट्स भन्ने छालाको कोशिकाहरूले मेलानिन उत्पादन गर्दछ । मेलानिनले छालालाई रङ दिने काम गर्दछ । मेलानोसाइटले पर्याप्त मेलानिन उत्पादन नगर्दा मेलानिनले छालामा रङ दिन सक्दैन । फलस्वरूप छालामा सेता सेतो दागहरू दुबीको रुपमा देखा पर्छन् ।

दुबीका उपचारहरु

लगाउने औषधीः शरीरको जुन भागमा दुबी आएको छ । त्यही भागमा लगाउने औषधी दिइन्छ ।

खाने औषधीः दुबीमा लगाउने औषधीहरू बाहेक खाने औषधी पनि हुन्छ । चिकित्सकको सल्लाह अनुसार औषधीहरू खानुपर्ने हुन्छ ।

फोटो उपचार: यो उपचारमा दुबी आएको व्यक्तिलाई औषधी लगाएर घाममा राखिन्छ । यो उपचारबाट चाँडै निको हुन सक्छ ।

लेजर उपचार: यो उपचारबाट सेतो रौँ निकाल्न केमिकलहरूको प्रयोग गरिन्छ ।

सर्जरी: दुबीको उपचारमा सर्जरी पनि गरिन्छ । रङ भएको ठाउँको छाला झिकेर रङ नभएको ठाउँमा लगेर राखिन्छ ।

दुबी बाट कसरी बच्न सकिन्छ ?

  • दुबी बाट बच्न शरीरमा लाग्ने घाउबाट हामी बच्नु पर्छ ।
  • छालालाई सुख्खा नराख्ने ।
  • मोइस्चराइजर लोसनको प्रयोग गर्ने ।
  • भिटामिन ‘ए’, ‘सी’ र ‘इ’ भएको खानेकुराहरू खाने ।
  • धेरै पानी नचलाउने ।

कस्तो दुबी ठिक हुन्छ, कस्तो  हुँदैन ?

दुबी शरीरमा २५ प्रतिशत भन्दा कम छ भने त्यसलाई ठिक गर्न सकिन्छ । दुबी जति कम फैलिएको छ त्यति नै ठिक हुन्छ । जति चाँडै उपचार गर्न आयो त्यति नै निको हुने सम्भावना हुन्छ । उपचारमा जति ढिला गर्‍यो । त्यति नै निको हुने सम्भावना कम हुन्छ । शरीरमा दुबी २५ प्रतिशत भन्दा धेरै फैलिएको छ भने । त्यसलाई रोकथाम गर्न सकिन्छ । तर निको गर्नु सकिँदैन ।

कस्तो अवस्थामा दुबी ठिक हुन गारो हुन्छ ?

शरीरको हड्डीहरूमा आउँदा, हातखुट्टामा आउँदा र शरीरको रौँहरू नै सेतो हुने गरि आएको दुबी ठिक हुन एकदमै समय लाग्छ । तर रौँहरू कालो नै छ । शरीरको हड्डी बाहेक अरू भागमा छ भने दुबी सजिलै सँग ठिक हुन्छ ।

-प्रस्तुति : सृजना खड्का


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ