२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यब्लाडर क्यान्सर के हो ?

ब्लाडर क्यान्सर के हो ?


मानव शरीरमा पिसाब थैलीमा असाधरण किसिमको मासुको डल्लाहरु पलाउने हुन्छ । पिसाब थैलीमा मासु पलाइसकेपछि खराब किसिमको ट्युमर हुन सक्ने सम्भावना हुन्छ ।

विनाइन भन्ने पनि हुन्छ । त्यो भनेको क्यान्सर भइनसकेको तर क्यान्सर हुन सक्ने हुन्छ । पिसाव थैलीमा पलाएको मासु जुन असाधारण किसिमले आउने, एक्कासी बढेर जाने संकेत देखाएर मासु पलाएको छ भने त्यसलाई क्यान्सर भनिन्छ ।

ब्लाडर क्यान्सरको कारण तथा जोखिमहरु

धुम्रपान
चुरोटको सेवन गर्दा चुरोटमा हुने जुन तत्वहरु जब फिल्टर भएर पिसाब थैलीतिर जान्छ । त्यसले पिसाब थैलीलाई असर गरेर क्यान्सर हुन सक्छ ।

रङहरुमा काम गर्ने मान्छेहरु
टेक्सटाइल फ्याक्ट्री, कपडा फ्याक्ट्रीमा कपडामा रङ लगाउने मान्छेहरुलाई धेरै हुन्छ ।

वंशाणुगत
वंशाणुगतमा आउने हुन्छ । क्रोमोजोममा नै केही असरको कारणले पनि क्यान्सर हुने हुन्छ ।

ब्लाडर क्यान्सरका लक्षण

दुखाइ बिनाको रक्तस्राव
कहिलेकाही मासुको चोक्टाजस्तो पिसाव जानु
मरेको मासुको टुक्राहरु जाने
पिसाब पोल्ने
छिनछिनमा पिसाब लाग्ने
पिसाब फेर्दा अप्ठयारो हुने
कुनै पनि लक्षण नहुन पनि सक्छ ।

ब्लाडर क्यान्सर भएको कसरी पत्ता लगाइन्छ ?

सबैभन्दा पहिला बिरामीको लक्षणहरु हेर्नुपर्छ । त्यसपछि अल्ट्रा साउण्ड गरिन्छ । अल्ट्रा साउण्डबाट मासु पलाएको र नपलाएको थाहा हुन्छ ।
पिसाबको जाँच गरिन्छ । पिसाबको जाँचबाट पनि क्यान्सरजन्य पदार्थ छ कि छैन हेर्न मिल्छ ।

सिस्टोस्कोपी गरेर हेरिन्छ । सिस्टोस्कोपी गर्दा पिसाबको मुखदेखि पिसाब थैली पूरै हेरिन्छ । कहाँ मासु पलाएको भनेर हेरिन्छ ।
कस्तो किसिमको मासु पलाएको छ निक्र्यौल । त्यसबाट क्यान्सर हो वा होइन भन्ने ७० देखि ८० प्रतिशतसम्म थाहा हुन्छ ।

त्यहाँबाट वायोप्सी लिइन्छ । वायोप्सीबाट मासुको डल्लो सानो पलाएको छ भने पूरै काटेर निकालिन्छ । अनि त्यसलाई वायोप्सी गर्न पठाइन्छ । वायोप्सीबाट क्यान्सर नै हो वा होइन पूरै पत्ता लाग्छ ।

ब्लाडर क्यान्सरको उपचार

सिस्टोस्कोपी गर्दा जब दुर्विनले पिसाब थैली पूरै हेरिन्छ, तब पहिलो उपचार त्यही सुरु हुन्छ । दुर्विनले हर्दा पिसाब थैलीमा मासु पलाएको देखियो भने त्यो मासुलाई दुर्विनकै माध्यमबाट काटेर निकालिन्छ ।

क्यान्सरले अरु मांसपेशीलाई छोइसकेको छ भने छुट्टै उपचार गर्नुपर्छ । छाएको छैन भने छुट्टै उपचार गर्नुपर्छ ।

मसल्स छोएको छ भने पिसाब थैली पूरै निकालेर ठुलो अपरेसनमा जानुपर्ने हुन्छ । तर, मसल्स नछोएका बिरामीहरुलाई कुन किसिमको ट्युमर आएको छ त्यहीअनुसारको पिसाब थैली भित्र नै औषधी हालेर किमोथेरापी र इमिनोथेरापी दिएर नफैलियोस् भनेर प्रयास गरिन्छ । फेरि नपलाओस भनेर त्यहीअनुसारको थप उपचार गर्न मिल्छ ।

पिसाब थैलीबाहेक अन्य ठाउँमा छोएको छैन भने पिसाब थैली पूरै निकालेर पिसाब जाने कृत्रिम बाटो बनाएर उपचार गरिन्छ ।

ब्लाडर क्यान्सरबाट बच्न के गर्ने ?

धुम्रपान ब्लाडर क्यान्सरको एउटा कारण हो । यसको सेवन नगर्ने ।

रङहरुमा धेरै काम गर्ने मान्छेहरुले मास्क लगाएर काम गर्ने ।

घरपरिवारमा कसैमा क्यान्सर भएको छ भने अरु सदस्यहरुले पनि चेकजाँच गर्ने ।

कपडामा रङ लगाउने फ्याक्ट्रीहरु वा रङको काम गर्ने संख्या महिलाभन्दा पनि पुरुषमा धेरै देखिन्छ । धुम्रपानको सेवन पुरुषहरुले नै धेरै गर्छन् । यी कुराहरुले क्यान्सरको जोखिम बढाउने हुँदा ब्लाडर क्यान्सर पनि पुरुषहरुमा धेरै देखिन्छ ।

ब्लाडर क्यान्सर जुनसुकै उमेरको व्यक्तिलाई हुन्छ । सानो बच्चाहरुमा पनि ब्लाडर क्यान्सर भएको हुन्छ । युवाहरुलाई पनि यो रोग देखिएको हुन्छ । तर, यो रोग सबैभन्दा धेरै ५० कटेका वृद्धाहरुमा देखिन्छ । ब्लाडर क्यान्सरका ७० देखि ८० प्रतिशत मानिसहरु ५० कटेका नै हुन्छन् ।

प्रस्तुतिः श्रृजना खड्का


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ