२०८१ साउन २, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिडियो रिपोर्टः यी हुन् चार प्रकारका मधुमेह, मधुमेहबाट कसरी बच्न सकिन्छ ?

भिडियो रिपोर्टः यी हुन् चार प्रकारका मधुमेह, मधुमेहबाट कसरी बच्न सकिन्छ ?


काठमाडौं—मधुमेह एक दीर्घकालीन स्वास्थ्य समस्या हो । मधुमेहलाई चिनी रोग, सुगर अथवा डाइबटिज पनि भन्छौं । मधुमेहमा रगतमा चिनीमा मात्रा एकदमै बढी हुने गर्छ ।

सामान्यतयाः सबैको रगतमा चिनी हुन्छ । चिनी हाम्रो शरीरका लागि आवश्यक तत्व पनि हो, यसले उर्जा दिन्छ ।

तर, मधुमेहमा रगतमा चिनीको मात्रा एकदमै बढ्दैं जान्छ । चिनीलाई नियन्त्रणमा राख्ने एउटा हर्मोन इन्सुलीन त्यो हर्मोनमा पनि समस्या आउँछ । त्यसकारण त्यो चिनीलाई नियन्त्रण गर्न नसकेर हुने रोगलाई नै मधुमेह भनिन्छ ।

मधुमेह चार किसिमका हुन्छन् ।

१. टाइप वान डाइबटिज —यो कम उमेरका बालबालिकाहरुलाई देखिन्छ । २५ वर्षभन्दा कम उमेरका बालबालिकामा देखिने यो डाइबटिजमा इन्सुलीन बन्दैं बन्दैन् ।

२. टाइप टु डाइबटिज —यो सबैभन्दा कमन किसिमको डाइबटिज हो । अव्यवस्थित जीवनशैली, मोटोपन, धुम्रपानलगायतका कारण भइरहेको छ ।

३. टाइप थ्री वा गर्भकालीन डाइबटिज—यो डाइबटिज गर्भकालीन अवस्थामा मात्रै देखिन्छ । बच्चाको जन्म भइसकेपछि यो निको भएर जाने सम्भावना धेरै हुन्छ ।

४. अदर टाइप्स ः यो डाइबटिज प्यानक्रियाज वा अण्डासयमा समस्या भयो वा एचआईभीको औषधी, किमोथेरापी, क्यान्सरको औषधीजस्ता कारण यो डाइबटिज हुन्छ ।

बाँकी भिडियोबाट




क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ