२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यचाडपर्वमा गर्भवती महिलाले ध्यान दिनुपर्ने १० कुरा

चाडपर्वमा गर्भवती महिलाले ध्यान दिनुपर्ने १० कुरा


दशैंमा मासुको परिकार धेरै खाइन्छ । खानपानमा सामान्यतयाः सबै सावधान नै हुनुपर्छ । धेरै खानाले सबैलाई असर गर्दछ ।

केही समस्याहरु गर्भवती महिलामा अलि धेरै देखिन सक्छ । जस्तैः मासु धेरै खाँदा गर्भवती महिलामा कब्जियतको समस्या हुने सम्भावना धेरै हुन्छ । किनकि गर्भवती अवस्थामा पेटमा आन्द्राको गति कम भएको हुन्छ । यस्तोमा हरियो सागसब्जीको मात्रा मिलाएर खानुपर्छ ।

मासु सबै मानिसहरुको लागि पोषणयुक्त खाना हो । पोषणयुक्त खाना भएपनि त्यसलाई सन्तुलन मिलाएर शरीरको आवश्यकताअनुसार खानुपर्छ । काहलेकाहीँ पोषणलाई राम्रोसँग मिलाएर खान सकिएन भने विष बराबर पनि हुन सक्छ ।

काँचो मासु खानु स्वास्थ्यका लागि राम्रो हुँदैन् । गर्भवती महिलामा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । काँचो पोर्कको मासुमा ‘टेपवार्म’ किटाणु हुन्छ । यस्तो मासु गर्भवती महिलाले खाएमा यसको संक्रमण हुने सम्भावना धेरै हुन्छ ।

१. काँचो मासु नखाने ।
२. मासु सँगसँगै सागसब्जीको मात्रा मिलाएर खाने ।
३. मासु पोषणयुक्त खानेकुरा भएपनि यसलाई सन्तुलन मिलाएर खाने ।
४. धेरै दिन राखेर सुकुटी बनाएको मासु खाँदा त्यसलाई राम्रोसँग पकाएर पाचनयोग्य बनाएर मात्रै खाने ।
५. सुकुटी बनाएको र धेरै दिनदेखिको बासी मासुभन्दा पनि ताजा र राम्रोसँग पकाइएको मासु खाने ।
६. गर्भवती महिलाले लामो यात्रा गर्दा धेरै समय बसिरहनु हुँदैन् । खुट्टामा रगत जम्ने सम्भावना हुन्छ । त्यसको लागि दुई—दुई घण्टामा बसभित्रै भएपनि हिड्डुल गर्ने, खुट्टा तन्काउने गर्नुपर्छ ।
७. ४ घण्टाभन्दा धेरैको फ्लाइट छ भने चिकित्सकीय परामर्श लिएर मात्र यात्रा गर्ने ।
८. पानी, कफीजस्ता पेयपदार्थहरु प्रशस्त पिउने ।
९. यात्राको समयमा उल्टी गर्दा बच्चालाई असर गर्न सक्छ । यसमा सावधानी अपनाउने ।
१०. गर्भवती महिला जसलाई रक्तस्राव भइरहेको छ । त्यस्तो महिलाले यात्रा नगर्दा राम्रो हुन्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ