२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यलामो यात्रा गर्दा कस्ता औषधी बोकेर हिड्ने ?

लामो यात्रा गर्दा कस्ता औषधी बोकेर हिड्ने ?


सामान्यतयाः लामो यात्रा गर्दा नेपालको भूगोलअनुसार बाटोहरु घुमाउरा हुन्छन् । यस्तोमा धेरै मानिसहरुलाई उल्टी हुने, वाकवाक आउने चक्कर लाग्ने समस्या धेरै हुन्छ ।

जसका कारण यात्रामा रहँदा उल्टी रोक्ने, वाकवाक कम हुने औषधीहरु लिन सकिन्छ । उल्टी भएको खण्डमा ओण्डेम वा पेनेरोल पेनेगोम औषधी चलाउन सकिन्छ ।

लामो यात्रा गर्दा धेरै खाना खाएर यात्रा गर्ने कोशिस गर्नु हुँदैन् । थोरै खाना खाएर यात्रा गर्नुपर्छ ।

कहिलेकाही सामान्य चोटपटक लाग्न सक्छ । चोटपटकको उपचारको लागि फस्ट एड बक्स बोक्नुपर्छ । फस्ट एड बक्सबाट सामान्य चोट पटकको उपचार गर्न सकिन्छ । गर्मीले टाउको दुखाइ भएमा सिटामोल लिन सकिन्छ ।

फस्ट एड बक्समा के हुन्छन् ?

ह्यान्डी प्लस
डेटोल
कपास
बिटाडिन
गज पिस
कैची
रोलर ब्यान्ड
सिटामोल वा बु्रफिन

यी सामानहरु बोकेर यात्रा गर्दा सामान्य चोटपटक लागेको खण्डमा आफैंले उपचार गर्न सकिन्छ । यसलाई घरमा पनि राख्न सकिन्छ । दशैंको समयमा फार्मेसीहरु बन्द भएको हुन सक्छ । फस्ट एड बक्स घरमा राख्दा सामान्य उपचार गर्न सहज हुन्छ ।

सहरभित्र होस् वा बाहिर दुर्घटना कही पनि हुन सक्छ । सहरभित्र खाली बाटो र तीव्र स्पीड, मादक यदार्थको सेवनले हुन सक्छ । सहर बाहिर पनि कुनै कारणबस हुन सक्छ । यस्ता कुराहरुमा हामीले लापरवाही गर्नु हुँदैन् ।

यदि केही गरी चोटपटक लागि हालेको खण्डमा बिरामीलाई अस्पताल पु¥याउनुभन्दा अगाडि केही प्राथमिक उपचार गर्न सक्छौं । प्राथमिक उपचार फस्ट एड किटबाट गर्न सकिन्छ । डेटोलले घाउ सफा गरेर ब्यान्डेज लगाउन सकिन्छ ।

पछिल्लो समय नेपालमा टे«किङ जाने चलन छ । दशैंको समयमा सबैले आफ्नो कार्यलयबाट लामो समयको लागि छुट्टी लिन्छन् र रमणीय ठाउँहरुमा घुमफिर गर्न जान्छन् । यसरी लामो यात्रा गर्दा धेरै हेवी खानेकुराभन्दा पनि लाइट खानेकुराहरु बोकेर हिड्नुपर्छ ।

४ घण्टा वा ६ घण्टाको फरकमा खानेकुरा खानुपर्छ । यसले पेटलाई पनि सहज गराउँछ । धेरै उचाइमा जाँदा हाई अल्टीच्युड् सिकनेस हुन सक्छ । यसको लागि फार्मेसीबाट औषधी लिएर जान सकिन्छ । मौसमअनुसारको न्यानो, तातो कपडाहरु लगाउनुपर्छ । धेरै समयको लागि जाँदा ठाउँ अनुसारको कपडा बोक्नुपर्छ ।

रगत बग्नबाट कसरी रोक्न सकिन्छ ?

कुनै बेला ठूलै चोटपटक लागेर धेरै रगत बगिरहेको हुन्छ । रगत शरीरको बाहिरी भागमा पनि बग्न सक्छ । भित्री भागमा पनि बग्न सक्छ । यसरी धेरै रगतहरु बग्दा केही उपायहरु छन् । जसबाट हामीले रगत बग्नबाट रोक्न सक्छौं ।

यस्तो समयमा हामी सँग फस्ट एड किट हुनुपर्छ । फस्ट एड किट नभएपनि कपडा वा ताबेलको प्रयोग गर्न सकिन्छ । शरीरमा गहिरो चोट लागेर रगत बगिरहेको छ भने फस्ट एड किटबाट कपास र गजपिस लिएर त्यसलाई घाउमाथि राखेर हातले मज्जाले पक्डिने, एकछिनपछि हेर्ने र त्यसपछि कम्प्रेसन ब्यान्डेजले बान्ने गर्नुपर्छ । ब्यान्डेज टाइट हुनुपर्छ ।

जुन ठाउँबाट रगत बगेको छ त्यो भागलाई अलिकति उचाइमा राख्नुपर्छ र आइस छ भने आइसले सेक्नुपर्छ । यी कुराहरु गर्न सिकियो भने धेरै रगत बगेर हुने जोखिमबाट बिरामीलाई बचाउन सकिन्छ । धेरैजसो मान्छेहरुले बिरामीको चोटपटक लागेर रगत बगेको भागको माथिपट्टी भागलाई बान्ने गर्छन् । यस्तो गर्नु हुँदैन् ।

शरीरको भित्री भागमा रगत बगिरहेको छ भने कसरी उपचार गर्ने ?

बिरामीको शरीरको भित्री भागमा रगत बगेको बाहिरबाट हेर्दा देखिदैन् । बाहिरबाट कुनै चोटपटक लागेको हुँदैन् । तर, भित्री भागमा रगत बगिरहेको छ भने केही संकेतहरु हामीले देख्न सक्छौं । सबैभन्दा पहिला, रगत बग्दा मुटुको धड्कन तीव्र हुन थाल्छ । सामान्य मुटुको गति ६० देखि १०० सम्म हो । तर, भित्री भागमा रगत बग्दा १२०, १४० वा १५० सम्म पुग्छ । ब्लड प्रेसर घट्दै जान्छ । बिरामी बेहोस् हुन्छ । बिरामीको भित्री भागमा धेरै रगत बगिरहेको यसरी हामीले थाहा पाउन सक्छौं ।

शरीरको भित्री रगत बग्ने भागहरु हिप बोन र पेटको तल्लो पट्टीको पेल्भीक भाग हो । पेल्भीक भागबाट सबैभन्दा धेरै रगत बग्ने सम्भावना हुन्छ । पेल्भीक भागको लागि फार्मेसीबाट पेल्भिक बाइन्डर ल्याएर बान्न सक्नुहुन्छ । पेल्भीक बाइन्डर छैन भने ठूलो र लामो कपडा लिने त्यसलाई बेरेर एक हात जति मोटो बनाउने अनि पेल्भीक भागलाई बान्नुपर्छ । यसले भित्रको हड्डीलाई स्टेबल गर्छ र तुरुन्तै अस्पताल पु¥याउनु पर्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ