२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमुटुका बिरामीले दशैंमा के कुरामा ध्यान दिने ?

मुटुका बिरामीले दशैंमा के कुरामा ध्यान दिने ?


विशेषगरी मुटुलाई असर गर्ने भनेको चिनी र नुन हो । चिनी र नुनबाहेक अरु कुराले मुटु स्वास्थलाई खासै असर गर्दैन् ।

त्यसकारण मुटु स्वास्थ्यको ख्याल राख्न चिनी भएको खानेकुरा खानु हुँदैन् । चिनीबाट बनेको परिकारमा केमिकल हुन्छ । केमिकल भएको परिकारले मुटु रोगका बिरामीलाई झन धेरै हानी गर्न सक्छ ।

हामीले खाने प्रत्येक खानेकुराबाट चिनी बन्छ र हाम्रो शरीरको लागि आवश्यक चिनी प्राप्त हुन्छ । बाहिरबाट चिनी खाइरहनु पर्दैन् । यो स्वास्थका लागि धेरै घातक हुन सक्छ । दशैंमा चिनीबाट बनेको परिकारहरुको सेवन नगर्ने र गर्नै परेमा कम मात्रामा मात्रै गर्नुपर्छ ।

नुनको पनि एकदमै कम मात्रामा प्रयोग गर्नुपर्छ । यसको सेवन धेरै गर्नु हुँदैन् । मुटु फेल हुने, प्रेसर बढ्ने र प्यारालाइसिस हुनेजस्ता रोगहरु नुन धेरै भएर हुने हुन्छ । पुरै नुन नखाने पनि गर्नुहुँदैन् । शरीरलाई नुन पनि चाहिने हुन्छ । त्यही भएर नुनलाई कम र आवश्यक मात्रामा मात्रै सेवन गर्नुपर्छ ।

दशैंमा हामी धेरैजसो मासुबाट बनेको परिकारहरु खान्छौं । धेरै खाए छ वा सात दिन मासु खाइन्छ । नुन कम गरेर अरु परिकारहरु खान सकिन्छ केही फरक पर्दैन् ।

मुटुलाई स्वस्थ राख्ने अनार, सुन्तला र भिटामिन सी भएको फलफुलहरु खानुपर्छ । फ्याटयुक्त खानेकुरा कम मात्रामा खाने गर्नुपर्छ ।

दशैं भएपनि योग अभ्यासहरु गर्ने र अन्य शारिरीक अभ्यासमा नियमितता दिनुपर्छ । यसले शरीरलाई फूर्तिलो बनाइ राख्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ