२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यजाडो महिनामा देखिने ५ रोगहरु र त्यसबाट बच्ने उपाय

जाडो महिनामा देखिने ५ रोगहरु र त्यसबाट बच्ने उपाय


१. इन्फ्लुएन्जा भाइरस 

हावाको मध्यमबाट सर्ने यो भाइरस हाल देखा परिसकेको छ । छिटो र समुदाय नै छिट्टै संक्रमित गर्न सक्ने भएकोले जोखिमका वर्गमा रहेकाहरु चनाखो हुनु पर्दछ । दम, उच्च रक्तचाप, मधुमेह, अंग प्रत्यारोपण गरेका, बालवालिका र वृद्धवृद्धा (६५ वर्ष माथिका) हरु यस भाइरसका जोखिममा पर्ने समुह हुन् ।

घरमा अरु सदस्यहरुलाई नसरोस भन्नको लागि घर बाहिर हुँदा बारम्बार हात नाक, मुख तथा आँखामा नलाग्ने, संक्रमित व्यक्तिभन्दा एक मिटर दूरी कायम राख्ने र घर फर्केपछि राम्रोसँग हात साबुन पानीले धुनु पर्दछ । संक्रमित भैसकेको अवस्थामा भने घरमा अलग्गै बसेर घरमा खासगरी जोखिममा कोही सदस्यहरु भए एक हप्ता दस दिन जति दूरी कायम राखे परिवारमा अरुलाई सर्ने सम्भावना कम हुनेछ । हाल यो भाइरस विरुद्ध पनि खोप सर्वसुलभ पाउन सकिने भएकोले जो कोही जोखिममा रहेकाहरुले लिन सक्दछन् ।

२. कोल्ड डाईरिया 

जाडो याममा बढी देखिने यो एक भाइरल डाईरिया हो । पाँच वर्षमूनीका बालवालिकामा खासगरी रोटाभाइरस नामक किटाणुले बढी दुःख दिन्छ भने वयस्कहरुमा नोरो भाइरसको कारणले डाईरिया र बान्ता गराउँदछ । रोटाभाइरस खासगरी ३ वर्षमुनिका बालवालिकामा बढी प्रभाव पार्ने गर्दछ भने विश्वमा नै यो भाइरस पखाला र बान्ताबाट हुने बालवालिकाको मृत्युको सबैभन्दा प्रमुख कारण हो ।

नेपालमा खासै यसको गहिरो अध्यन नभएको भएपनि पखाला र बान्ताको कारणले भर्ना हुने बालवालिकामा झन्डै ३ सय ३५ प्रतिशत यही भाइरसको कारणले भएको देखाएको थियो । यद्यपि एसियाली देशहरुको समग्र अध्ययन हेर्ने हो भने यसको कारणले झन्डै ५०५ बालवालिका पखाला र बान्ता भएर भर्ना हुने गरेको अनुसन्धानहरुले देखाउँदछ ।

‘वीन्टर भोमिटिङ बग’ को नामले पनि चिनिने नोरो भाइरस खासगरी वयस्कहरुमा देखिने गरेको छ । तथापि नेपाली बालवालिकामा जाडो महिनामा पखाला र बान्ताको कारणले हुने अस्पताल भर्ना हुनुमा झन्डै १२,५५ मा यही भाइरस जिम्मेवार रहेको देखाएको थियो । पानीजस्तो पातलो दिशा र बान्ता हुनु यसको मुख्य लक्षणहरु हुन् भने संक्रमण भएको दुई दिन भित्र यी लक्षणहरु देखिन सक्दछ ।

संक्रमित व्यक्तिको दिशा वा बान्ता खानेकुरा, पानी वा कुनै सतह वा सामानमा परेमा र सो खानेकुरा वा सतहमा छुँदा यो भाइरस सहजै सर्न सक्दछ । यो खासगरी पार्टी, स्कुल वा नर्सिङ संस्थाहरुमा अचानक प्रकोपको रुपमा देखिन सक्दछ । यो विकसित देशहरुमा रिपोर्ट गरेको देखिएपनि नेपालमा खासै चासो लिएको देखिदैन् । व्यक्तिगत सरसफाइ र सफा खानेकुरा नै यसबाट बच्ने मुख्य उपायहरु हुन् । रोटा भाइरस विरुद्धको खोप विकास भैसकेको र अत्यन्तै प्रभावकारी देखिएकोले नेपालमा पनि बालखोप कार्यक्रम अन्तर्गत राख्नु पर्दछ ।

३. उच्च रक्तचाप

यो समस्या भएको मानिसहरु आफ्नो रक्तचापप्रति विशेष ध्यान दिनु पर्दछ । हृदयघातको सम्भावना पनि बढ्ने गर्दछ । यो समयमा चिसोको कारणले रक्तचाप अचानक बढ्न गई मुटुलाई बढी भार पर्न सक्दछ । यो समयमा आफूले लगाउने लुगा लगाउने र आफू बस्ने कोठा न्यानो हुनु पर्दछ । घरबाहिर निकाल्दा न्यानो टोपी, गलबन्दी, पन्जा आदि लगाउनु पर्दछ ।

४. दम

चिसो हावाको कारणले दमका विरामीको श्वासप्रश्वासका नलीहरु साघुरिएर श्वास फेर्न गाह्रो हुने गर्दछ । श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने, र छाती कसिने हुन सक्दछ । त्यसमा पनि फ्लु भाइरसले आक्रमण गरे स्वास्थ्य झन गम्भीर हुन सक्दछ । तसर्थ, खासै जरुरी काम नपरी बाहिर चिसोमा निकल्नु हुँदैन र निकल्नु परे हलुकासँग स्कार्फÞले नाक मुख छोपेर निकल्दा राम्रो हुन्छ । त्यस्तै हरेक वर्ष फ्लु विरुद्धको खोप लगाउँदा राम्रो हुन्छ भने नियमित औषधि छोड्नु हुँदैन् ।

५. जोर्नीको दुखाइ

चिसो समयमा जोर्नी दुख्ने समस्या पनि देखा पार्ने गर्दछ । यसको राम्रो कारण देखाउन नसकिए पनि जाडोमा शारीरिक क्रियाकलाप कम हुनाले दुखेको हुनसक्ने अनुमान गरेको पाइन्छ । तसर्थ, घरैमा बसेर शारीरिक क्रियाकलापजस्तै संगीत सुन्दै नाच्ने, घरमा सरसफाइ गर्ने, घर वरिपरि वगैचामा ब्यस्त राख्ने, घर भित्रै पनि यता उता हिड्ने गर्दा जोर्नी दुखाइ कम भएर जान सक्छ । यसका अलावा शरीरमा न्यानो लुगा लगाउनु पर्दछ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ