२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. लैला लामाको सल्लाह : जाडोमा छालालाई फ्रुसो हुनबाट कसरी जोगाउने

डा. लैला लामाको सल्लाह : जाडोमा छालालाई फ्रुसो हुनबाट कसरी जोगाउने


छाला फुस्रोपना तथा सुख्खापना हुने समस्या हाम्रा धेरै समस्यासँग सम्बन्धित रहेका हुन्छन् । अझ भन्ने हो भने गर्मीयामको तुलनामा चिसो मौसम तथा तथा वातावरणमा छाला फुस्रो हुन्छ ।

छाला फुस्रो हुनाका मुख्य कारण छालामा हुने पानी तथा तेलको असन्तुलन हो । जसकारण छालामा तेल र पानी दुवैको कमी हुन गएर छाला फुस्रो भएर यसबाट चाँया आउन थाल्छ । छाला फुस्रो नहुनको निम्ति हाम्रो शरीरमा चिल्लोको जति महत्व हुन्छ, त्यत्ति नै महत्व पानीको पनि हुन्छ । तर, चिसो मौसममा हुने आद्रताको कारण भने बाहिरीमा पानीको कमी हुन पुगी छाला फुस्रो हुन पुग्छ ।

जाडोमा छाला फुस्रो हुनाका कारणहरु निम्न छन्ः

  •  बाहिरी वातावरणमा आद्रता बढ्नाले
  • शरीरले पैदा गर्ने तेलको कमीको कारण
  • पानी र तेलको असन्तुलन
  • जाडोमा तापक्रमको निम्ति प्रयोग गर्ने हिटर तथा आगोजन्य हिटर वस्तुको प्रयोग
  • छालामा संक्रमण भएमा
  • छालाको क्षमता
  • र, वशांणुगत गुण ।

रोकथाम तथा उपचार

यसरी छालामा भएको पानीलाई खेर जान नदिनको निम्ति हामीले छालामा पानी र चिल्लो मिश्रित लोसनको प्रयोग गर्नुपर्छ । जसले गर्दा छालामा भएको तेल र पानी दुवैलाई बचाई छाला मुलायम राख्न मद्दत गर्छ ।

छालालाई फुस्रो हुन नदिनको निम्ति बाहिरी वातावरणको आद्रतालाई ब्यवस्थित गर्ने किसिमको लोसन लगाउनु पर्छ । यसैगरि जाडोयाममा छाला फुस्रो हुने समस्या कुनै पनि खानपिनसँग सम्बन्धित नहुने भएकोले हामीले के बुझ्नुपर्छ भने यो छालाले पानी तथा चिल्लोको मात्रा कत्तिको होल्ड गर्न सक्छ भन्ने क्षमतासँग सम्बन्धित रहन्छ ।

यदि छालाले पानी र चिल्लोलाई होल्ड गर्न नसकेको खण्डमा भने हामीले घरेलु उपायअन्र्तगत पानी र तेलको उपयोग पनि गर्न सकिन्छ । छालालाई पहिले मनतातो पानीले पुछेर मात्रै तेल लगाउनु पर्छ । अन्यथा फुस्रो छालामा सिधै तेल लगाउँदा यसले छालामा कुनै पनि किसिमको सकारात्मक परिवर्तन देखाउदैन् ।

माथि उल्लेख गरेजस्तै छाला फुस्रो हुनाका कारण छालामा पानी र चिल्लो दुवैको कमी तथा असन्तुलन हुनु हो । तसर्थ, हामीले दुवैको मात्रा मिलाउनको निम्ति पहिले मनतातो पानीले शरीर पुछ्ने र त्यसलाई कायम राख्नको निम्ति त्यसमाथि तेलले मसाज गर्नुपर्छ । यसले गर्दा शरीरमा पानी त पुग्छ नै यसका साथै तेलले उक्त पानीलाई कभर गरी मुलायम राख्न मद्दत गर्छ । तर, कहिलेकाहीं छाला अत्याधिक फुस्रो भै धेरै चिलाउने तथा घाउहरु समेत देखा पर्ने हुन्छ । यस्तो अवस्थामा भने तुरुन्त सम्बन्धित चिकित्सकको परामर्श लिनु पर्छ ।

प्रस्तुतीः सृजना मगर 


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ