२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यके हो एन्जाइटी डिसअर्डर ? लक्षण र समाधानका उपाय

के हो एन्जाइटी डिसअर्डर ? लक्षण र समाधानका उपाय


भनिन्छ, सानो सानो कुरा कहिले-काँही जीवनमा ठुलो दुविधा खडा गर्दिन्छ। जीवनमा कुनै घटना घटेमा हामी बिर्सिने वा यसबाट सिक लिएर अघि बढ्नुको साटो नकारात्मक कुराकानी सोचर आफ्नो भविष्यलाई लिएर जोड्न थाल्छौं। कहिलेकाँही हाम्रो मनमा त्यस्तो काल्पनिक विश्व वा मस्तिष्कमा फ्ल्यासब्याक चलिरहेको हुन्छ जसले आफुदेखि हाम्रा वरपरका व्यक्तिहरुको समेत जीवन खराब बनाउँछ। यस्तो परिस्थितिलाई एन्जाइटी डिसअर्डरको नामले चिनिन्छ जब हामी लगातार घट्ने-नघट्ने कुरालाई सोचेर आफ्नो नकारात्मक नतिजा निकाल्न थाल्दछौं।

के हो एन्जाइटी डिसअर्डर ?

हरेक समय चिन्ता, छट्पट हुने, वास्तविक वा काल्पनिक घटनाहरूमा आधारित भविष्यको डर तन र मन दुवैमा असर पार्छ। एन्जाइटीको प्रमुख लक्षण थकान, टाउँको दुख्ने, र अनिन्द्रा हो। व्यक्ति विशेषको लागी यो फरक-फरक पनि हुन सक्छ तर स्थायी डर र चिन्ता सबैमा देख्न सकिन्छ। यदि यो लक्षण तीव्र छैन भने समय वित्दै जाँदा विस्तारै समाप्त हुँदै जान्छ नत्र एन्जाइटी डिसअर्डर भएको हुन सक्छ। यसले दैनिक जीवन र कार्य गर्ने क्षमतामा प्रभाव पार्छ।

एन्जाइटी डिसअर्डरको सामान्य लक्षण

१.  शारीरिक कमजोरी।

२.  स्मरण शक्ति कमजोर हुने।

३. लगातार चिन्तित हुनु।

४. एकाग्रतामा कमी आउनु।

५. आँखा अगाडी तैरिने विन्दु हेर्नु।

६. डर, मन डाराउने र असहज महसुस हुने।

७. नकारात्मक विचारमा नियन्त्रण नहुने र अप्रिय सपना देख्नु।

८. सुत्नमा समस्या

९. हात-खुट्टा चिसो हुने, टाउँको भारी हुने, राति अचानक ब्युजिने

१०. धड्कन तीव्ररुपले धड्किनु

११. स्थिर र शान्त बस्न नसक्नु।

१३. मांसपेशिहरुमा तनाव हुनु।

१४. पेटमा हलचल महसूस हुनु।

यी उपाय अपनाउनुहोस्

जीवनशैलीमा परिवर्तन

एन्जाइटीबाट छुट्कारा पाउनको लागि अस्त-व्यस्त जीवनशैलीमा सुधार आउनु निकै जरुरी छ। नियमित समयमा खाने, सुत्ने र उठ्ने एउटा निश्चित समय बनाउनुहोस्। निन्द्राको कमीले मस्तिष्कले आफ्नो पूरा क्षमताका साथ काम गर्न सक्दैन। अनिन्द्राबाट एन्जाइटी र डिप्रेशन रोगको खतरा बढाउने गर्छ।

साइकोथेरेपी

साइकोथेरेपीको उपयोग मानसिक रोग वा भावनात्मक आघातको लागि गरिन्छ। बिरामीसँग विस्तारै कुरा गरेर मनको कुरा थाहाँ पाउन सकिन्छ। यसबाट बिरामीको परिस्थितिसँग तालमेल बसाउने र मस्तिष्कलाई शान्त पार्न मद्दत मिल्छ।

सोचमा परिवर्तन, मनलाई नियन्त्रण पार्ने

भविष्य कसैले देखेको हुँदैन तर विश्वका सबै मानिस एक आशामा जिन्दगी बिताइरहेका हुन्छन्। भूतकाल भन्दा भविष्य राम्रो हुन्छ यसकारण कुनै एक घटनाको कारण नकारात्मक सोच्नुको साटो सकारात्मक सोच्नुपर्दछ। त्यसका लागि सम्बधित मानिससँग कुरा गर्ने र जीवन जिउन सिक्ने।

-एजेन्सीहरुको सहयोगमा


क्याटेगोरी : जनस्वास्थ्य, महिला/बाल स्वास्थ्य, सर्ने/नसर्ने रोग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ