२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यसर्ने/नसर्ने रोगडेंगुबारे भ्रम र वास्तविकता

डेंगुबारे भ्रम र वास्तविकता


 

डा. सुभाषचन्द्र यादव
इन्टरनल मेडिसिन, छाला रोग तथा क्रिटिकल केयर विशेषज्ञ
ब्लूक्रस अस्पताल

हामीमध्ये धेरैलाई थाहा छ—डेंगु ‘एडिज एजेप्टी’लामखट्टेको टोकाइबाट सर्ने रोग हो । र, यो पनि थाहा हुनुपर्छ कि, लामखुट्टे ओसिलो तथा पानीजमेको ठाउँ वरपर बढी आउने गर्दछ । यसले पानीको फोहोरामा नै अण्डा पारी त्यही नै बस्ने गर्दछ ।

तर, कतिपय आम जनमानसमा डेंगु सम्बन्धि धेरै भ्रमहरु रहेको पाइएको छ । जस्तोः लामखुट्टेले घुँडामुनीमात्रै टोक्छ, बिरामीको सम्पर्कमाआउँदावा जुठो खाँदा डेंगु एकबाट अर्काे व्यक्तिमा सर्छ तथा यो आफै ठिक हुने रोग हो । यसको निम्तिखासै केहीविशेष उपचारको आवश्यक पर्दैन आदिइत्यादि ।

सर्वप्रथमहामी सबैले के बुझ्नुपर्छ भने डेंगु लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । कतिपयले डेंगु बिरामीको सम्पर्कबाट सर्ने भ्रमपालिरहेका हुन्छन् । तर, यो बिरामीको सम्पर्कमाआउँदा सर्ने रोग होइन् । यस्तै,लामखुट्टेले ब्यक्तिको घुँडामुनि मात्रै टोक्ने भ्रमपनिहाम्रो समाजमाब्याप्त छ । तर, यो केवलभ्रममात्रै हो । यसबारे हालसम्मकुनै पनिअध्ययनतथा अनुसन्धाननभएको कारण हामीहाललामखुट्टेको टोकाइबाट बच्नतर्फ विशेष ध्यान दिनुपर्छ । किनकीलामखुट्टेले शरीरको जुनसुकै भागमा टोकेतापनियसले हामीलाई डेंगु सार्दछ ।

अर्काे कुरा हामीले के माविशेष ध्यान दिनुपर्छ भने कुनै पनि रोगलाई हामीले सामान्य रुपमालिनु हुँदैन । सानो होस् वा ठूलो जुनसुकै रोगले पनिहाम्रो शरीरमाकहिँकतै न कतै शारीरिक तथामानसिक रुपमा आघात पु¥याउँछ । डेंगु पनित्यस्तै हो । हामीले यसको सुरुवातीचरणमा नै उपचार गरेको खण्डमा मात्रै यसबाट बच्न सक्छौं । अन्यथा, डेंगुको खासै विशेष रुपमाकुनै पनिउपचार नभएकोले कालान्तरमायसले ठूलो रुप लिएको खण्डमा यसले ब्यक्तिको ज्यानै जान सक्ने जोखिम समेत हुन्छ ।

दिनमा टोक्ने लामखुट्टेलेमात्रै डेंगु सार्ने भएतापनिहामी राती टोक्ने लामखुट्टेको टोकाइबाट पनिबच्नुपर्दछ । त्यसबाटडेंगु नसारेतापनिअन्यकिसिमको समस्याहरु निम्त्याउने भएकोले हामीले प्रत्येक लामखुट्टे तथाकिराहरुको टोकाइबाट बच्नुपर्दछ ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : सर्ने/नसर्ने रोग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ