२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश—२ मा हेल्थ डेस्क स्थापना, व्यवस्थापनमा लापरवाही

प्रदेश—२ मा हेल्थ डेस्क स्थापना, व्यवस्थापनमा लापरवाही


जागेश्वर यादव

जनकपुरधाम—भारतको बिहार राज्यको सितामढी जिल्ला, चरौत निवासी एक युवकमा कोरोनाभारइसको लक्षण देखिएपछि सीमा जोडिएको प्रदेश नम्बर २ का अधिकांश मुख्य नाकामा कोरोना भाइरस हेल्थ डेस्क स्थापना गरिएको छ ।

कोरोना भाइरस रोकथाम गर्ने उद्देश्यले प्रदेश—२ को धनुषा, महोत्तरी, सर्लाही, पर्सा र सिराहालगायतका सिमावर्ती क्षेत्रमा कोरोना भाइरसको निगरानी एवं चेकजाँचका लागि हेल्थ डेस्क स्थापना गरिएको हो । यद्यपि यसको व्यवस्थापन भने फितलो देखिएको छ । बारा र रौतहटको सीमा क्षेत्रमा भने हेल्थ डेस्कको समेत व्यवस्था छैन ।

प्रदेश—२ का सबै जिल्ला भारतसँग जोडिएका छन् । खुला सीमाका कारण सीमा नाकाबाट सहज आवागमन भइरहेको छ । प्रदेश सरकारले अधिकांश मुख्य नाकामा हेल्थ डेस्क स्थापना गरे पनि दक्ष जनशक्ति परिचालन हुन सकेको छैन । आवतजावत गर्ने साना नाकामा भने हेल्थ डेस्कको व्यवस्थासमेत छैन । ती क्षेत्रमा थर्मल स्क्यानर र ईन्फ्रा रे थर्मामिटर आवश्यक रहेपनि यसतर्फ सम्बन्धित निकायले चासो देखाएको छैन ।

स्वास्थ्य निर्देशनालय प्रदेश—२ का सूचना अधिकारी विजय झाले कारोना भाइरसको रोकथामका लागि हरेक जिल्लामा रहेका स्वास्थ्य चौकी र ११ वटा अस्पतालमा चेकजाँचको व्यवस्था गरिएको जानकारी दिए । उनले विदेशबाट आउने मानिसहरुको चेकजाँच हुने गरेको र शंकास्पद देखिए क्वारेन्टाइनमा दुई सातासम्म राखेर उपचार गर्ने व्यवस्था मिलाएको वताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ