२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दैं सिरहामा डिजे बजाउन प्रतिबन्ध

स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दैं सिरहामा डिजे बजाउन प्रतिबन्ध


जनकपुरधाम—तराई मधेसका गाउँ—गाउँमा चर्को आवाजमा बजाइने डिजे बजाउन जिल्ला प्रशासन कार्यालय सिरहाले प्रतिबन्ध लगाएको छ । विवाह, पर्वलगायतमा मनोरञ्जनको आडमा बजाइने डिजे बाजाका कारण मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएपछि प्रशासनले नियन्त्रण अभियान सुरु गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए ।

खुशियालीको अवसरमा चर्को आवाजमा बजाइने डिजे बाजाका कारण मानिसको शान्तिपूर्ण रुपमा बस्न पाउने अधिकारको हनन हुने, विद्यार्थीहरुको पठनपाठनमा अवरोध पुग्ने भएकोले नियन्त्रण अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारीले जनाए ।

स्थानीय प्रशासनको निर्णय उल्लंघन गरी डिजे बाजा बजाएको पाइए जफत गरी कानुनी कारबाही अघि बढाइएको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए । टयाक्टर, पिकअप जीपलगायतका सवारी साधनको पछाडि डिजे बाजा राखेर बजाउँदै गरेको पाइएपछि प्रहरीले सवारी नियन्त्रणमा लिएर डिजे बाजा जफत गरिरहेको एसपी एसपी चचुर्वेदीको भनाइ थियो ।

सिरहा, लहान, कल्याणपुरलगायतका नगरपालिकाले डिजे बाजा बजाउन रोक लगाएपनि कार्यान्वयन भएको थिएन । प्रशासनले सूचना जारी गरेर प्रहरीमार्फत नियन्त्रण अभियान चलाएपछि सिराहावासी चयनको श्वास फेर्न पाएका छन् । ‘गीत बजाउन नपाइने होइन्,’ प्रजिअ अधिकारीले भने,‘डिजे बाजाको चर्को आवाजले ध्वनि प्रदूषणसँगै वातावरण र मानवीय स्वास्थ्यमा असर पर्छ ।’

यसले आम मानिसको शान्तिपूर्वक बाँच्न पाउने अधिकार रक्षाका लागि यो निर्णय गरिएको उनले बताए । उनकाअनुसार मौलिक संस्कृतिलाई जोगाउँदै विकृति नबढ्ने खालका वातावरणमा मनोरञ्जनात्मक कार्य गर्न रोक भने रोक लगाइएको छैन् । ‘डिजे बाजा अश्लील गीतले समाजमा नकारात्मक असर परिरहेकाले रोक लगाइएको छ,’ उनले भने ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ