२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २‘जनकपुरमा मदिराबाट ज्यान गुमाएका मृतकका परिवारलाई ३ लाख राहत दिइने’

‘जनकपुरमा मदिराबाट ज्यान गुमाएका मृतकका परिवारलाई ३ लाख राहत दिइने’


जनकपुर – विषाक्त मदिरा सेवनले ज्यान गुमाएका मृतकका परिवारलाई प्रदेश २ सरकारले जनही ३ लाख राहत उपलब्ध गराउने भएको छ। सोमबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको रमदैया पुगेर मुख्यमन्त्री लालबाबु राउतले राहतको घोषणा गरेका हुन।

उनले घटनाप्रति दुःखव्यक्तगर्दै मृतक परिवारलाई ३/३ लाख राहत रकम उपलब्ध गराउने घोषणा गरेका हुन । विषाक्त खुल्ला मदिरा विक्रीवितरण तथा उत्पादन गर्ने जो कोहीलाई पनि कानुनको दायरामा ल्याउने समेत उनले प्रतिवद्धता व्यक्त गरेका छन् । उनले प्रदेश सरकार चाँडै यस प्रदेशलाई खुलामदिरा मुक्त घोषणा गर्ने तयारीमा जुटेको समेत बताए।

रमदैयाआन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव समेत पुगेका थिए। उनले सोमबार नै सुरक्षा समितिको बैठक बसी खुलामदिरा नियन्त्रणका साथै दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइने बताए।

विषाक्त खुलामदिराको सेवनकै कारण रमदैया र जनकपुरधाममा गरी कुल २१ जनाको मृत्यु भइसकेको छ। विषाक्त मदिरा सेवनकै कारण गाउँका धेरैजना अझै विभिन्न अस्पतालमा भर्ना भएर उपचार गराइरहेको अवस्था छ। प्रशासनले भने हालसम्म ९ जनाको मात्र मदिराले मृत्यु भएको बताएको छ।

यता, नेकपा नेता तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले मदिराले मृत्यु भएका १४ परिवारलाई किरिया खर्चबापत जनही २० हजारको दरले रकम उपलब्ध गराएका छन् ।

मदिरा उत्पादन र बिक्री रोक्न माग गर्दै प्रदेश सभामा सार्वजनिक महत्वको प्रस्ताव पेस घरेलु मदिरा उत्पादन र विक्रीमा प्रदेश २ को प्रदेशसभामा रोक लगाउन सार्वजनिक महत्वको प्रस्ताव पेस भएको छ । नेकपाका सांसद शत्रुधन महतोले सोमबारको प्रदेससभा बैठकमा घरेलु मदिरा उत्पादन र विक्रीवितरणमा रोक लगाउन माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका हुन ।

प्रदेशसभा वैठक सुरु हुने बित्तिकै सांसद महतोले सार्वजनिक महत्वको विशेष प्रस्ताव पेस गर्ने समय मागेका थिए। प्रस्ताव पेस गर्दै महतोले अवैध घरेलु मदिरा उत्पादन र विक्रीवितरणमा प्रदेश सरकारले रोक लगाउनु पर्ने माग गरे। प्रदेशसभा सञ्चालन नियमावली २०७५ को नियम ७१ बमोजिम महतोले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा समाजवादी पार्टी संसदीयदलका सचेकत शैलेन्द्र यादव र राजपा पार्टी संसदीयदलका सचेतक परमेश्वर साह समर्थन जनाएका छन।

प्रस्तावको समर्थन गर्दै राजपा सांसद परमेश्वर साहले प्रदेशमा घरेलु मदिरा नियन्त्रण गर्न चुनौतीभएको बताए। प्रहरीकै संलग्नतामा मदिरा उत्पादन र विक्रिहुँदा पटक पटक मृत्युको घटना दोहरिएको भन्दै प्रदेश सरकारलाई सचेत गराए।मदिरा नियन्त्रण नभए समाजध्वस्तहुने भन्दै सरकारलाई सचेत गराउँदै प्रदेशमा विषाक्त मदिरा उत्पादन र विक्रिमा रोक लगाउन माग गरका थिए।

काग्रेस सांसद शिवचन्द्र चौधरीले विषाक्त मदिराले गरिब र दलित जोखिममा परेको बताए। ‘अवैध मदिरा उत्पादन र बिक्री कसरी हुन्छ,’ सांसद चौधरीले भने, ‘मदिरा बेच्ने र उत्पादनगर्नेलाई धरपकड गर्ने प्रहरीले नै विषाक्तमदिराको सञ्जाल फैलाएको छ। मदिरा बेच्ने र उत्पादनगनेलाई प्रहरीले नै संरक्षण गरेको छ।’

समाजवादी पार्टीका सांसद राम आषिश यादवले मदिरा उत्पादन र विक्रीले समाजमा नकारात्मक असर परेको भन्दै कडाइ गर्न सरकारसँग माग गरे। प्रहरीकै मिलोमतो विषाक्त मदिरा उत्पादन र विक्री भइरहेको उनले आरोप छ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ