२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २जिल्ला प्रहरी कार्यालय सिरहाद्वारा मास्क उत्पादन

जिल्ला प्रहरी कार्यालय सिरहाद्वारा मास्क उत्पादन


जनकपुर—विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन नदिन विभिन्न पूर्व सावधानीहरू अपनाउन थालिएको छ ।संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँगै विभिन्न संघसंस्थाहरु कोरोना भाइरसको संक्रमण रोक्नका लागि पूर्व तयारीमा जुटेका छन् ।

बजारमा मास्कको अभाव हुन थालेपछि जिल्ला प्रहरी कार्यालय सिरहाले मास्क उत्पादन गर्न सुरु गरेको छ । सिरहा प्रहरीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन पूर्व सावधानी अपनाउनसमेत आग्रह गरेको छ ।

कोरोनाको त्रास बढेको भन्दै प्रहरीले मातहतका कर्मचारी, स्थानीयवासी र थुनुवालाई समेत मास्क बनाएर वितरण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्बेदीले प्रहरी कार्यालयसहित मातहतका इलाका प्रहरी कार्यालय, प्रहरी चौकीका करिब १ जार भन्दा बढी थुनुवा, मातहतका कर्मचारी र करिब २ सय स्थानीयहरूलाई मास्क वितरण गरिएको जानकारी दिए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ