२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश २ मा २ सय ३२ जना क्वारेन्टाइनमा

प्रदेश २ मा २ सय ३२ जना क्वारेन्टाइनमा


जनकपुरधाम-प्रदेश-२ मा कोभिड-१९ को संक्रमणको आशंकामा २ सय ३२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । केही दिनयता भारत तथा तेस्रो देशबाट फर्केर नेपाल आएका २ सय ३२ जना शंकास्पदलाई प्रदेश २ को विभिन्न जिल्लास्थित क्वारेन्टाइनमा राखिएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार रौतहटमा सबैभन्दा बढी ६५ जना क्वारेन्टाइनमा राखिएको छ । यसैगरी रौतहटबाट तीनजनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाइएको निर्देशनालयले जनाएको छ ।

रौतहटको चन्द्रनगर नगरपालिकास्थित चन्द्रपुर हस्पिटल प्रालिमा भर्ना भएका तीनजनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाइएको निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए ।

यसैगरी सप्तरीस्थित विभिन्न क्वारेन्टाइनमा १ सय २२ र सिरहामा १५ जना तथा ६ जना होम क्वारेन्टाइनमा रहेको झाले बताए । धनुषाको नगराईन नगरपालिकाको गंगुलीस्थित क्वारेन्टाइनमा ११ जना र होम क्वारेन्टाइनमा २ जना रहेको उनले जानकारी दिए ।

निर्देशनालयकाअनुसार हालसम्म महोत्तरीस्थित क्वारेन्टाइनमा कोही शंकास्पद आएको छैन । महोत्तरीमा दुईवटा क्वारेन्टाइन रहेकोमा हालसम्म कसैलाई नराखिएको निर्देशनालयले जनाएको छ ।

यता, सर्लाहीमा दुईजना क्वारेन्टाइन र १९ जना होम क्वारेन्टाइनमा र पर्सामा १५ जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको निर्देशनालयले जनाएको छ । बारामा १५ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने बाराको कलैयास्थित अस्पतालमा भर्ना भएका तीनजनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाइएको छ ।

रौतहट र बाराका ६ जनाको स्वाब परीक्षणका लागि शुक्रबारै काठमाडौं पठाइएपनि हालसम्म रिपोर्ट आइनसकेको निर्देशनालयले जनाएको छ । प्रदेश २ मा हालसम्म कुनै शंकास्पदमा पोजिटिभ नदेखिएको देखिएको छैन् ।

क्वारेन्टाइनमा शंकास्पदहरु भर्ना गरिएपनि प्रदेश २ मा हालसम्म परीक्षणको लागि आवश्यक किटको अझै अभाव रहेको निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ