२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश २ अपडेट : ७९ मध्ये ३४ को परिणाम निगेटिभ, ४५ को परिणाम आउन बाँकी

प्रदेश २ अपडेट : ७९ मध्ये ३४ को परिणाम निगेटिभ, ४५ को परिणाम आउन बाँकी


जनकपुर -प्रदेश नम्बर २ मा कोरोना भाइरसको आशंका गरिएको विरामी मध्ये अहिलेसम्म ७९ को थ्रोट स्वाब परिक्षण गरिएको छ । जसमध्ये ३८ को निगेटिभ परिणाम आएको छ भने ४१ जना शंकास्पद व्यक्तिको रिजल्ट आउन बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

विभिन्न देशबाट नेपाल फर्किएका कोरोना भाइरस संक्रमणका शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने क्रम भने जारी नै छ । यो संख्या प्रदेश नम्बर २ मा बढ्दै गइरहेको छ । प्रदेश नम्बर २ मा कोरोना भाइरस संक्रमणको आशंकामा ७ सय ७१ जना शंकास्पद व्यक्तिलाई प्रदेशका विभिन्न जिल्ला स्थित १ सय २७ वटा क्वारेन्टाइनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालयले जनाए अनुसार रौतहटमा १ सय ८२, ४ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै बारामा रहेको क्वारेन्टाइनमा अहिलेसम्म ४० जना, आईसोलेशनमा ५ जना कोरोनाका शंकास्पद बिरामीलाई राखिएको उनले बताए । उनका अनुसार बारामा अहिले १६ जना होम क्वारेन्टाइनमा रहेका छन् ।

पर्सामा २१ जना क्वारेन्टाइनमा र ४ जना होम क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै आईसोलेशनमा ४ जना शंकास्पद बिरामीलाई राखिएको छ । सप्तरीमा क्वारेन्टाइनमा २ सय २३, सिरहामा क्वारेन्टाइनमा १ सय ४१ जना र होम क्वारेन्टाइनमा ७२ जना रहेका छन् । धनुषामा क्वारेन्टाइनमा ७४ जनालाई राखिएको छ भने २० जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । आइशोलेसनमा ५ जना शंकास्पद बिरामीलाई आईसोलेशनमा राखिएको छ ।

त्यस्तै महोत्तरीमा क्वारेन्टाइन ४ सय ४९ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ भने क्वारेन्टाइनमा ३७ जनालाई राखिएको छ । सर्लाही स्थित क्वारेन्टाइनमा ५३ जना रहेको छ भने ३२ जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । प्रादेशिक अस्पताल जनकपुरमा रहेका ४ जना शंकाष्पद बिरामीको थ्रोट स्वाब परिक्षण गरिएको र उनीहरूको रिपोर्ट आज साँझसम्म आउने झाले बताए ।

यता सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको आइसोलेशनमा रहेका ९ जनाको थ्रोट स्वाब परिक्षणका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ति सबैको परिणाम निगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश नम्बर २ मा ७ सय ७१ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने ९ सय २५ जना होम क्वारेन्टाइनमा रहेको छ । यस प्रदेशमा १४ जना शंकाष्पद व्यक्तिलाई आइसोलेशनमा राखिएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ