२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २भाग्न खोज्ने कोरोना संक्रमितलाई नियन्त्रणमा लिन सुरक्षा निकायले गोली चलाउन पाउने

भाग्न खोज्ने कोरोना संक्रमितलाई नियन्त्रणमा लिन सुरक्षा निकायले गोली चलाउन पाउने


जनकपुर – पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न पाउने भएका छन्। बुधबार संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षा निकायलाई अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई नियन्त्रणमा लिन गोली हान्ने अधिकार दिएको हो।

उक्त बैठकले सुरक्षाकर्मीलाई संक्रमित भागेमा नियन्त्रण लिन आवश्यकताअनुसार बल प्रयोग गर्ने तथा गोली समेत चलाउन पाउने अधिकार दिने निर्णय गरेको हो। सो निर्णयको बारेमा पर्साका एसपी गंगा पन्तले पुष्टि गरेकी छिन्। ‘हिजोको बैठकले हामीलाई अधिकार दिएको हो,’ एसपी पन्तले भनिन्।

गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा दुई जना संक्रमित भेन्टिलेसन फोडेर भागेका थिए। प्रहरीले उनीहरूलाई सोही दिन पक्राउ गरेको थियो। उक्त घटनालाई मध्यनजर गर्दै केन्द्रले अस्पतालबाट भाग्न नदिन यस्तो निर्णय गरेको हो।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ