२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २लकडाउनमा रगतको अभाव हुन नदिन जनकपुरका ३१ जना युवाले गरे रक्तदान

लकडाउनमा रगतको अभाव हुन नदिन जनकपुरका ३१ जना युवाले गरे रक्तदान


जनकपुरका मेडिकल पढ्ने ३१ विद्यार्थीले रक्तदान गरेका छन् । कोभिड-१९ को महामारीलाई नियन्त्रण गर्न गरिएको लकडाउनको समयमा अत्यावश्यक रगतको अभाव हुन नदिन जनकपुरका ३१ जना युवाले जनक चोकस्थित रक्तदान गरेका हुन् ।

नेपाल सरकारले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरेको लकडाउनमा रगत अभाव हुन नदिन रगक्तदान गरिएको जनकपुर मडिकल स्टुडेन्ट्स सोसाईटीेका वरिष्ठ उपाध्यक्ष विकास कुमार नायकले बताए ।

उक्त कार्यक्रममा सोसाइटीका तर्फबाट मुख्य भूमिकामा अध्यक्ष महासेठको तथा विकाश नायकको रहेको छ। त्यस्तै, सोसाइटीकै मिडिया प्रमुख शिवम साह को पनि सराहनीय भूमिका रहेको छ। सोसाइटीकै पदाधिकारी अञ्जली गामी, आदित्य कर्ण ,नागमणि यादव ,कलाम खान ,शर्वजीत झा को पनि महत्त्वपूर्ण भूमिका रहेको छ।

 जनकपुर मेडिकल विद्यार्थी समाजका अध्यक्ष मनोहर महासेठले भने, ‘लकडाउनमा मानिस घरमै रहने तथा चाहिएको बेलामा रेडक्रस सम्म पुग्न अप्ठयारो हुने तथा रक्तदान कार्यक्रम नहुने हुँदा रगत अभावको सम्भावनालाई मध्यनजर गर्दै रक्तदान गरिएको हो ।’

‘कोरोना माहामारीका कारण प्रादेशिक अस्पताल जनकपुर हाल कोरोना अस्पतालमा परिणत भएकोले रक्तदान गर्न सर्वसाधारणलाई डर रहेको छ । यस्तो अवस्थामा मडिकल स्टुडेन्ट्स सोसाईटीेले गरेका रक्तदानले धेरै नै राहत हुने नेपाल रेडक्रस सोसाइटी धनुषाले जनायो।

 नेपाल रेडक्रस सोसाइटी धनुषाकाअनुसारजनकपुर जस्तो ठाउँमा दैनिक ५० देखि १ सय पोका रगत आवश्यक पर्छ, सबैले रगत दिन मान्दैनन् त्यस्तो बेलामा बिरामीको अवस्थालाई हरेरे जसरी पनि रगत दिनुपर्छ, अझ यस्तो महामारीमा  विधार्थीहरूले गरेको रक्तदान रेडक्रसका लागि बरदान हो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ