२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २फ्रन्टलाइनमा खटिएका प्रदेश २ का १३ प्रहरीमा कोरोना पुष्टि, सिरहाका एसपी पनि होम क्वारेन्टाइनमा

फ्रन्टलाइनमा खटिएका प्रदेश २ का १३ प्रहरीमा कोरोना पुष्टि, सिरहाका एसपी पनि होम क्वारेन्टाइनमा


जनकपुर – कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि अग्रपंक्तिमा कार्यरत प्रहरी पनि संक्रमणको चपेटामा परेका छन । सप्तरी जिल्लाको बोदे बसाइन नगरपालिका–५ स्थित चन्द्र नमूना माविको क्वारेन्टाइनमा खटिएका थप एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै सप्तरीमा संक्रमित प्रहरीको संख्या २ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । सुरुङ्गा नगरपालिकास्थित मसिलाल जनता मावि कुशहाको क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका इलाका प्रहरी कार्यालय कडरबोनामा कार्यरत २९ वर्षीय प्रहरी सहायक निरीक्षकमा संक्रमण पुष्टि भएको थियो । जारी लकडाउनलाई पालना गराउन र संक्रमण फैेलिन नदिन क्रियाशिल प्रहरी आफै संक्रमित हुन थालेका छन ।

बारा जिल्लामा मात्रै सात जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको छ । जनताले सबै भन्दा पहिला आलोचना गर्ने संगठनमा पर्छ प्रहरी संगठन । प्रहरी आफना लागि त होइन नागरिक रक्षाको लागि खटदा खट्दै आफै संक्रमित हुन पुगेको छ ।

प्रदेश नं २ मा कोरोना संक्रमित प्रहरीको संख्या १३ पुगेको छ । सप्तरी, सिरहा र धनुषामा दुई-दुई प्रहरी संक्रमित देखिएको प्रदेश प्रहरी प्रमुख धीरजप्रताप सिंहले वताए । यता जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक उमा चर्तुवेदीको सुरक्षा गार्ड र चालकमा कोरोना संक्रमण पुष्टि भएपछि एसपी पनि होम क्वारेन्टाइनमा बसेका छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ