२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २रौतहटमा एकैदिनमा थपिए ५६ जना संक्रमित

रौतहटमा एकैदिनमा थपिए ५६ जना संक्रमित


जनकपुर – रौतहटमा एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न शहरबाट रौतहट जिल्ला आएका नेपालीहरु रहेको रहेका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिएका हुन् ।

यससँगै रौतहटमा कोरोना संक्रमितको सख्या १ सय ८१ पुगेको छ ।

संक्रमितहरु मध्ये राजपुर नगरपालिकाका ३३ जना, इशनाथ नगरपालिकाका १५ जना, मौलापुर नगरपालिका ६ तथा वौद्धिमाइ नगरपालिकाका २ जना रहेका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

प्रजिअ घिमिरेका अनुसार सबै स्थानीय पालिकाहरुका क्वारेन्टाइमा रहेका छन् । संक्रमित पुष्टि भएका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको तथा संक्रमितहरुलाई गरुडा नगरपालिका स्थित प्रहरी स्कुलमा निर्माणाधीन आइसोलेसनमा राख्ने तयारी भइरहेको वताए  ।

जिल्ला प्रशासन कार्यालयका अनुसार मंगलबार दिउँसोसम्म जिल्लाका विभिन्न स्थानिय तहमा रहेका क्वारेन्टाइनमा ६ हजार ४ सय ३९ जना रहेका छन् ।  जसमध्ये ६ हजार १ सय ३३ पुरुष र ३ सय ६ महिला रहेका छन् ।

स्थानीय प्रशासनले क्वारेन्टाइन क्षेत्रमा स्थानीयको आवजावत बढेपछि सो क्षेत्रको २ सय मिटर वरपर निधेषाज्ञा जारी गरेको छ । यो संगै प्रदेश न.२ मा कोरोना संक्रमितको संख्या ४ सय ७१ पुगको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ