२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २शनिवार सिरहामा थपिए ११ कोरोना संक्रमित,सवै भारतबाट आएका

शनिवार सिरहामा थपिए ११ कोरोना संक्रमित,सवै भारतबाट आएका


जनकपुर- सिरहा जिल्लाको लहान नगरपालिकामा शनिवार विहान थप ११ जनामा कोरोना पुष्टी भएको छ ।

लहान नगरपालिका स्थित रहेको जेएस मुरारका बहुमुखी क्याम्पसमा रहेको क्वाराइनटाइनमा ३ जना , पडरिया माविमा ५ , धनगडीमाई नगरपालिकामा २ र कल्याणपुर नगरपालिकामा १ गरी जम्मा ११ जना कोरोना संक्रमित पुष्टि भएको सिरहा प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाँइले बताए ।

संक्रमित सवै भारतबाट आएका हुन । सिरहा कोरोना भाइरस संक्रमित कुल संख्या २५ पुगेको छ ।

संक्रमण भेटिएका लहान नगरपालिका वडा २२ का ४ जना, वडा १७ का १ जना वडा न २० का १ जना, वडा न २३ का १ जना, वडा न १ का १ जना, गरी जम्मा ११ जना रहेको प्रजिअ गुराँगाइले वताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ