२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २एक नेपाली सेना सहित प्रदेश २ मा १२० जनामा थप कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ८१५ पुग्यो

एक नेपाली सेना सहित प्रदेश २ मा १२० जनामा थप कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ८१५ पुग्यो


जनकपुर – पछिल्लो अपडेटअनुसार २४ घण्टामा प्रदेश नम्वर २ मा एक नेपाली सेनामा संक्रमणसंगै १ सय २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रदेश न.२ को समाजिक विकास मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा  सप्तरीमा १ जना, सिरहामा १७ जना, धनुषामा ४ जना, महोत्तरीमा २ जना, सर्लाहीमा २१ जना, रौतहटमा ७४ जना र बारामा १ जना गरी १ सय २० जनामा कोरोना संक्रमणको पुष्टि भएको  जनाएको हो ।

सप्तरीको राजगढ गाउँपालिका स्थित नरघो माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाईनमा रहेका१८ बर्ष उमेरका १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।  सिरहा नगरपालिकाको सिरहा सदरमुकाम स्थित रहेको श्री सूर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखि क्याम्पस सिरहाको क्वारेन्टाइनमा रहेको १७ जना कोरोना संक्रमित पुष्टि भएको छ । त्यस मध्ये सिरहा नगरपालिका वडा नं. ६ मा १, १२ मा १, १४ मा १, १५ मा २, १७ मा ४ जना, १९ मा ३, २० मा ३, २१ मा १ र एक जनाको वडा स्पष्ट भएको छैन ।

संक्रमितलाई सिरहा अस्पतालको आईसुलेशनमा सार्ने कार्य भईरहेको सिरहा नगरपालिका प्रशासकिय प्रमुख बलिराम यादबले बताएका छन् । संक्रमित सबै भारतबाट आएको हुन । यससँगै सिरहा जिल्लामा संक्रमितको संख्या ४७ पुगेको छ । १७ स्थानीय तह रहेको सिरहामा अहिलेसम्म ९ वटा स्थानीय तहका स्थानीयमा कोरोना संक्रमित पुष्टि भएको हो ।

धनुषाको धनौजी गाउँपालिका स्थित शंकर माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका १ जना, नगराईन नगरपालिका स्थित प्रादेशिक क्वारेन्टाइन गांगुलीमा रहेका १ जना र धनुषाकै हंसपुर नगरपालिका स्थित नवापुर माध्यमिक विद्यालय बत्चौराको क्वारेन्टाइनमा रहेका २ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो । पुष्टि भएका सबै ४ जना नै छिमेकी मुलुक भारतबाट आएका हुन् । धनुषाकै जटही नाकामा परिचालित श्रीनाथ गणका ४ जना नेपाली सेना मध्ये एक जना नेपाली सेनामा समेत कोरोना पोजेटिभ देखिएको छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्वर २ स्थित महेन्द्र माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका १ जना, सोही नगरपालिकाको वडा नम्वर ५ स्थित बसबीट्टी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका १ जनागरी कुल २ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु पनि छिमेकी मुलुक भारतबाट नै आएका हुन् ।

सर्लाही जिल्लाको बलरा नगरपालिकाको स्थानीय क्वारेन्टाइनमा रहेका १ देखि १८ बर्ष उमेर समुहका ३ जना, सोही क्वारेन्टाइनमा रहेका १८ देखि ४० बर्ष उमेर समुहका ६ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।  सर्लाहीकै ब्रम्हपुरी गाउँपालिकास्थित रामविलास प्राथमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ९ बर्षीय वालकसहित १ देखि १८ बर्ष उमेर समुहका ५ जना र सोही क्वारेन्टाइनमा रहेका १८ देखि ४० बर्ष उमेर समूहका १२ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । उनीहरु पनि सबै भारतबाटै आएका हुन्।

रौतहटमा मंगलबार थप ७४ जनामा कोरोना पुष्टि भएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा संक्रमण देखिएको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार गौर नगरपालीकामा १३, दुर्गाभगवती गाउँपालिकामा १४, राजपुर नगरपालिकामा २१, गढिमाई नगरपालिकामा १, परोहामा ४, राजदेवीमा १८, यमुनामाइमा ३ जनामा संक्रमण देखिएको हो ।
काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ३६ र धुलिखेलमा गरएिको परीक्षण्मा ३८ जनामा संक्रमण पुष्टि भएको प्रजिअ घिमिरले जनाए । यो समेत जिल्लामा संक्रमितको संख्या ३ सय ७ पुगेको छ । बारा जिल्लामा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसंगै प्रदेश २ नम्वरमा हालसम्म कोरोना संक्रमितको संख्या ८ सय १५ जना पुगेको छ भने १०४ जना कोरोना संक्रमितहरु उपचार पश्चात निको भएका छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ