२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २‘घर जान्छौं’ भन्दै स्वास्थ्यकर्मीमाथि क्वारेन्टाइनमै आक्रमण, टाउकोमा गम्भीर चोट

‘घर जान्छौं’ भन्दै स्वास्थ्यकर्मीमाथि क्वारेन्टाइनमै आक्रमण, टाउकोमा गम्भीर चोट


जनकपुर-‘हामीलाई संक्रमण छैन घर जान्छौं । यहाँ बस्दैनाैं,’ भन्दै कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि क्वारेन्टाइनमै रहेकाहरुको एक समूहले एक्कासी आक्रमण गरे । आक्रमणमा परी कोरोना संक्रमण नियन्त्रणका खटिएका दुई स्वास्थ्यकर्मी घाइते भए ।

प्रदेश न २ को रौतहटको राजपुर नगरपालिका–९ स्थित एक क्वारेन्टाइनमा रहेको व्यक्तिहरुले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । राजपुरको बैरियास्थित ठूलो मदरसा क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको आक्रमणमा परी घाइते भएका सिनियर अहेव खुर्सीद आलम र रामनरेश साह रहेका छन् ।

घाइते भएका दुवै स्वास्थ्यकर्मी स्थानीय अस्पतालमा उपचार गराएर घर फर्किसकेका छन् । आक्रमणबाट आलमको टाउको फुटेको छ । अर्कालाई सामान्य चोटपटक लागेका छन् । पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएपनि संक्रमतिसँगै केही दिन बसेकाले आरडीटी परीक्षण गराएर मात्रै घर पठाउने तयारी भइरहेको समयमा उनीहरुले त्यसको विरोध गर्दै स्वास्थ्यकर्मीमाथि नै आक्रमण गरेको नगरपालिकाका प्रशासकीय अधिकृत बैजु ठाकुरले बताए ।

ठाकुरले भने, ‘क्वारेन्टाइनमा बसेका २ सय ९ जनाको पीसीआर परीक्षण गर्दा ६४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । नेगेटिभ रिपोर्ट आएका व्यक्तिहरु पनि केही दिन संक्रमितसँगै बसेकाले आरडीटी परीक्षण गराएर मात्रै पठाउने तयारीअनुसार आरडीटी परीक्षण भइरहेको थियो । २० जनाको आरडीटी परीक्षण भइसकेको थियो । जसमा १० जनाको आरडीटी रिपोर्ट पोजेटिभ पनि देखियो ।’

आरडीटी परीक्षण चलिरहेकै समयमा एक्कासी उनीहरुले परीक्षण नै नगरी घर जान पाउनुपर्ने भन्दै स्वास्थ्यकर्मीमाथि जाइलागेका थिए । क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले स्वास्थ्यकर्मीहरु चढेर आएको तीन वटा मोटरसाइकल समेत तोडफोड गरेको ठाकुरले बताए । क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षणका लागि जिल्लाबाट तीन जना स्वास्थ्यकर्मीसहित ९ जनाको टोली खटिएको थियो । यसअघि इशनाथको जोकहामा रहेको क्वारेन्टाइनमा पनि स्वास्थ्यकर्मीलाई कुटपिट भएको थियो । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने समुलाई प्रहरीले क्वारेन्टाइनमै विशेष निगरानीमा राखेको स्थानीय गोविन्द महराले बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ