२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश २ का कुन – कुन जिल्लामा थपिए संक्रमित ?

प्रदेश २ का कुन – कुन जिल्लामा थपिए संक्रमित ?


जनकपुर – प्रदेश २ पछिल्लो विवरण अनुसार आज एक ट्राफिक प्रहरी सहित ४४ जना कोरोना संक्रमित थप भएका छन् । योसँगै प्रदेश २ मा कुल संक्रमितको संख्या ८ सय ५९ पुगेको छ । महोत्तरीमा ९, सर्लाहीमा १५, पर्सामा ७, रौतहटमा ११ र धनुषा तथा सप्तरीमा ११ जनामा कोरोना भाइरस संक्रमण भएको प्रदेश २ को समाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषामा कार्यरत ३८ वर्षिय प्रहरी हुन । उनको स्वावप्रदेश २ को प्रदेशसभा सचिवालयमा संकलन गरिएको थियो । प्रदेश २ मा आज संक्रमित भएका ४४ जनामा ३ महिला रहेका छन् । महोत्तरीका संक्रमित ९ जना मटिहानी क्वारेन्टाइनमा बसिरहेका छन् । रौतहटका ११ जना संक्रमित जनता मावि कठरियाको क्वारेन्टाइनका हुन् ।

सर्लाहीका थप १५ जना संक्रमित बैरिया, धबिनिया र हरकटवा क्वारेन्टाइनका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस्तै, पर्साका थप ७ जना संक्रमित बिन्दवासनी, कालीकमाज र सखुवापसौनी क्वारेन्टाइनको रहेका छन् । कालिकामाई गाउँपालिकाका ४ जना, सखुवाप्रसौनी गाउँपालिकाका २ जना र विन्दवासनी गाउँपालिकाका एक जना गरी सात जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए ।

सातैजना भारतबाट फर्किएका थिए । भारतबाट आएका, कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब संकलन गरिएका, र अन्य शंकास्पद संक्रमितलाई क्वारेन्टिनमा राख्ने गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए ।

कालिकामाई गाउँपालिकाका स्वास्थ्य प्रमुख योगेन्द्र चौरसियाका अनुसार संक्रमित हुनेमा कालिकामाई २ भेडियारी निवासी ३० वर्षीय र ४५ वर्षीय पुरुष, वडा एक तीनडोबियाका एक ३० वर्षीय र एकजना वडा ५ विरन्चीबारवाका १६ वर्षीय युवक रहेका छन् । ८ दिन अगाडि भारतबाट फर्किएका उनीहरुलाई कालिकामाई गाउँपालिकाको हरिहरपुर विर्तामा रहेको क्वारेन्टाइनमा राखिएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ