२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सिरहाकाे सुखिपुरमा २६ जनाले गरे रक्तदान

सिरहाकाे सुखिपुरमा २६ जनाले गरे रक्तदान


जनकपुर – सिरहाकाे सुखिपुर नगर युवा संजालद्वारा आयाेजित रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । सिरहा युवा संजाल अन्तर्गत रहेको सुखिपुर नगर युवा संजालले सोमबार रक्तदान कार्यक्रम समपन्न गरेको हो।

कोरोनाको महामारीले गर्दा अस्पतालहरुमा रगतको अति आवश्यकता भएकोले सुखिपुर नगर युवा संजालले रक्तदान कार्यक्रम गरेको छ  । कोरोना भाइरस विरुद्ध लड्नका लागि सहित रक्तदान कार्यक्रम आयोजना गरिएको छ। सामाजिक कार्यमा समेत युवाहरु आफनो सक्रियता बढाउदै अगाडि बढने क्रममा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, सुखिपुर उद्योग व्यापार संघका सचीव राकेश पुर्बै , आर पि मोमरियल बचत तथा ऋण सहकारी सँस्था, मामा-भान्जा होटल, इन्द्रजीत यादव , नगर सुधार समितिका अध्यक्ष बि. पी. भुवन यादव सहयोग र विभिन्न युवाका तथा पदाधिकारीहरु उपस्थिति रहेको थियो  ।

सुखिपुर नगर युवा संजालका महासचिव बिक्की गुप्ताले बताएका छन्   । ‘रक्तदान जीवन दान भएकाले यो पुण्य कार्य हो।, ‘गुप्ताले भने, ‘तपाईको सानो सहयोगले कसैको जीवन रक्षा हुन सक्छ त्यसैले यस्तो पुण्य कार्यमा सहभागी भएर रक्तदान गर्न सबैलाई आग्रह छ ।’


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ