२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २कोरोना संक्रमण बढेपछि बाराको देवताल गाउँपालिकामा निषेधाज्ञा

कोरोना संक्रमण बढेपछि बाराको देवताल गाउँपालिकामा निषेधाज्ञा

एक पालिकाबाट अर्को पालिकामा जान नपाइने


जनकपुर—बाराको देवताल गाउँपालिकामा कोरोना संक्रमणको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले असार ५ गते सोमबारदेखि अर्को सूचना नआएसम्मका लागि गाउँपालिकाभर निषेधाज्ञा जारी गरेको छ ।

गाउँपालिका र वडा कार्यालयहरुबाट दैनिक रुपमा प्रदान भइरहेको सेवाहरु समेत बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जारी गरेको निषेधाज्ञा सम्बन्धी सूचनामा अत्यावश्यक सेवाबाहेका सम्पूर्ण पसल, बजार, कलकारखानासमेत अर्को सूचना नआउँदासम्मका लागि बन्द हुने उल्लेख गरिएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग नियन्त्रण रोग ऐन—२०२० को दफा २ बमोजिम गाउँपालिकाभर निषेधाज्ञा जारी गरिएको छ । अन्य स्थानीय तहबाट पनि त्यस गाउँपालिकामा आवत—जावतमा पूर्ण रुपमा रोक लगाएको छ ।

देवताल गाउँपालिकामा पछिल्लो पटक ७४ जनामा गरिएको परीक्षणमा ४६ जनामा संक्रमण पुष्टि भएको थियो । जसमध्ये ११ जना महिला र ३५ जना पुरुष रहेका छन् । उनीहरुलाई आइसोलेसनमा राखिसकिएको बाराका प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ