२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २काेराेना संक्रमणबाट धनुषामा एक पुरुषको मृत्यु

काेराेना संक्रमणबाट धनुषामा एक पुरुषको मृत्यु


धनुषा – धनुषामा कोरोना संक्रमणबाट एक जनाकाे मृत्यु भएको छ । धनुषाको कमला नगरपालिका वडा नं. ८ टेढामोडका एक पुरुषको मृत्यू भएको हो ।

केही दिनदेखि उनलाई जनकपुरको कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।  गएको आइतबार  उनको स्वास्थ्य अवस्था अत्यन्तै बिग्रिएपछि थप उपचारको लागि धरान लैजाँदै गर्दा बाटोमै मृत्यू भएको छ । प्रादेशिक अस्पताल जनकपुरको अनुसार मृतकको शरीरमा कोरोना भाइरसको लक्षण देखिएको थियो ।

उनलाई रुघाखोकी, ज्वरो जस्ता लक्षणहरु देखिएको थियो भने सोही पश्चात उनलाई आइसोलेसनमा राखेर उपचार भइरहेको थियो । कमला नगरपालिका वडा नं. ८ घर भई नजिकै रहेको शहिदनगर नगरपालिका वडा नं. ८ डुमरियाचोकमा उनी पसल गर्दै आएका थिए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ