२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २मास्क वितरण र सचेतना जगाउँदै सिरहा प्रहरी

मास्क वितरण र सचेतना जगाउँदै सिरहा प्रहरी


जनकपुर – सिरहाको छिमेकी जिल्लाहरुमा यसको प्रभाव बढन थालेपछि भाइरसबाट जोगिन सिरहा प्रहरीले मास्क वितरण सुरु गरेको छ । सिरहा प्रहरीले मास्क विना मोटरसाइकल वा पैदल हिड्ने सर्वसधारणलाई रोकेर मास्क वितरण गर्नुका साथै चेतनामुलक माइकिङ गरेका हुन् ।

मास्क नभएका व्यक्तिलाई उपलब्ध गराएको र मास्क भएर पनि प्रयोग नगर्नेलाई प्रयोग गर्नहरुको लागि जनचेतना फैलाउन लागेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए ।

मास्क प्रयोग नगर्दा कोरोना भाइरस सर्ने जोखिम बढेकोले जनचेतना अभियान चलाएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतको प्रहरी युनिटहरुबाट जिल्लाको विभिन्न ठाउमा गइ ७ सय ५० जनालाई मास्क वितरण गरेको बताए ।

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागी ‘आफु पनि बाँचौ, अरुलाई पनि बचाँऔ’, ‘भिडभाड नगरौं’, ‘जथाभावी हिडडुल नगरौं’, ‘काम विशेषले बाहिर जानु परेमा अनिवार्य रुपमा माक्सको प्रयोग गरौं’, ‘हात साबुन पानीले बेला–बेलामा राम्ररी धुने गरौं वा सानिटाईजर प्रयोग गरौं’, ‘सामाजिक दुरी कायम गरौं’ भन्ने सचेतनामुलक नारा सहित माइकिङ समेत गरिएको बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ