२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २कोरोना फैलने भन्दै जीतपुरमा रहेको जगदम्बा इन्टरप्राइजेज स्थानीय प्रशासनद्वारा सिल

कोरोना फैलने भन्दै जीतपुरमा रहेको जगदम्बा इन्टरप्राइजेज स्थानीय प्रशासनद्वारा सिल


बारा – स्थानीय प्रशासनले भारतीय मजदुर ल्याएर उद्दोग संचालन गरेको भन्दै जगदम्बा इन्टरप्राइजेजलाई सिल गरेको छ । पछिल्लोपटक वीरगन्जमा कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएपछि त्यसको स्रोत भारतीय नागरिक भएको भन्दै उद्योगहरु सिल गर्ने तयारीमा स्थानीय प्रशासन लागेको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए।

मारुती फर्मास्यूटिकल्समा कार्यरत मजदुर तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपनि त्यो उद्योग बारा जिल्लामा पर्ने भएकोले पर्साको प्रशासनले त्यो उधोगलाई शिल गर्न नसक्ने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए ।

पर्साको वीरगन्जमा महानगरपालिकामा रहेको जगदम्बा इन्टरप्राइजेजलाई भने सिल गरिएको बताए । जगदम्बा इन्टरप्राइजेजका कार्यकारी अधिकृतमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले वीगन्जको कोरोना अस्थायी अस्पताल गण्डक अस्पतालमा उपचार भइरहेकाे छ । कन्टयाक्ट ट्रेसिङमा आएका जगदम्बा इन्टरप्राइजेजमा कार्यरत ४८, ५६ र २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएपछि उद्योग सिल भएको हो ।

जीतपुरमा रहेको जगदम्बा इन्टरप्राइजेजका ४ जनामा कोरोनाको संक्रमण देखिएपछि पर्सा प्रशासनले सिल गरेको छ । संक्रमित पुष्टि भएका तर लक्षण नदेखिएकालाई उद्योगकै खर्चमा उद्योगभित्रै वा अन्य उपयुक्त स्थानमा आइसोलेसन सेन्टर स्थापना गरी राख्न, संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका तथा असार १५ गते पछि भारतबाट आएका सबै कामदार, कर्मचारीको पीसीआर चेकजाँच गराउन, पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका तथा अन्य शंकास्पद सबैलाई उद्योगकै खर्चमा उद्योगभित्रै वा उद्योग बाहिर उपयुक्त स्थानमा क्वारेन्टिनको व्यवस्था गर्न समेत स्थानीय प्रशासनले उद्योगहरुलाई निर्देशन दिएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ