२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश २ सरकारले गठन गरेको स्वास्थ्य विज्ञ समूह निस्क्रिय

प्रदेश २ सरकारले गठन गरेको स्वास्थ्य विज्ञ समूह निस्क्रिय


जनकपुर – कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्नका लागि प्रदेश सरकारले गठन गरेको स्वास्थ्य विज्ञ समूह निस्क्रिय भएको छ । कोरोना संक्रमण रोकथाम गर्नका लागि अध्ययन अनुसन्धान गरी प्रदेश सरकारलाई प्रतिवेदन बुझाउनका लागि विज्ञ समुह गठन भएको थियो ।

विज्ञ समुहले प्रदेशका आठवटै जिल्लामा कोभिड अस्पताल विशेष अस्पताल र क्वारेन्टाइनहरुको अध्ययन गरी सरकारलाई सुझाव सहितको प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनमा विश्व स्वास्थ्य संगठनले तयार गरेको मापदण्ड अनुसार क्वारेन्टाइन व्यवस्थापन गर्न, कोभिड विशेष अस्पताल प्रत्येक जिल्लामा निमार्ण गर्न, ५० वटा भेन्टिलेटर र १० वटा आइसीयुको तत्काल व्यवस्थापन गर्न सुझाव दिएका थिए । समितिले समाजिक दुरी कायम गराउन, साबुन पानीले हात धुन र सेनिटाइजर प्रयोग गराउनका लागि प्रतिवेदनमा उल्लेख गरेका थिए ।

विज्ञ समुहले प्रतिवेदनमा दिएका सुझाव मध्ये जनकपुरमा कोभिड विशेष अस्पताल, पर्साको पोखरियामा विशेष अस्पताल, सप्तरीको भारदहमा विशेष अस्पताल र महोत्तरीको जलेश्वरमा कोभिड विशेष अस्पताल प्रदेश सरकारले निर्माण गरेको छ । तर समुहले सिफारिस गरेका अन्य कुनैपनि सुझावको कार्यान्वयन नगरेका विज्ञ समितिका सदस्य जय किशोर लालको भनाई छ । सदस्य लालका अनुसार प्रदेश सरकारले विज्ञ समितिलाई वास्ता नगरी आफनै तरिकारी काम गरिरहेको छ । समिति न खारेज गरेको छ न कुनै कामै गरेको छ नामको लागि मात्र समिति रहेको वताए ।

उनले हेल्थ आवाजसँग भने, ‘प्रदेश सरकारसँग दरवन्दी अनुसारको चिकित्सका नभएको कारण समस्या भइरहेको छ । तत्काल सरकारले स्वास्थ्यकर्मीको व्यवस्था नगरे अगामी दिनमा समस्या जटिल बन्ने देखिन्छ । एकातिर स्वास्थ्यकर्मी अभाव अर्कोतिर प्रदेश सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि निकासा गरेको वजेटको सहित व्यवस्थापन नहुदा क्वारेन्टाइनहरु अस्तव्यस्त रहेको देखिन्छ ।’

प्रदेशमा कोरोना संक्रमण नियन्त्रणका लागि भेन्टीलेटर, आइसीयु समेत अहिलेसम्म नरहेको बताए । विश्वका ठुला मुलुकहरुमा समेत कोरोनाका कारण अस्तव्यस्त रहेको समयमा प्रदेश २ सरकारले रोकथाम तथा नियन्त्रण गर्नका लागि तत्काल योजना वनाएर अगाडी बढ्नुपर्ने सुझाव दिएका छन् ।

प्रदेश सरकारले गठन गरेका स्वास्थ्य विज्ञ समुहका संयोजक डा.रामकेवल साह, डा.विय कुमार सिंह, डा.सुरेन्द्र यादव, डा.काशिन्द्र झा, डा.प्रवीण मिश्र, डा.गरिव दास ठाकुर र जयकिशोर लाल रहेका थिए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ