२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सांसद प्रदिप यादव कोरोनामुक्त

सांसद प्रदिप यादव कोरोनामुक्त


जनकपुर – जनता समाजवादी पार्टीका संघिय सांसद प्रदिप यादव कोरोनालाई पराजित गरेर निको भएका छन् । उनले आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी फेसबुकमार्फत सार्वजानिक गरेका हुन् ।

घरभित्र आइसोलेट भएर आत्मअनुसाशन कायम गरी सुरक्षित रुपले बसेको र डाक्टरले दिएको सुझाव अनुसार कोरोनालाई जित्न सफल भएको सांसद यादवले फेसवुकमा उल्लेख गरेका छन् ।

सांसद यादवले डाक्टरको सुझाव अनुसार सात दिनसम्म अझै घरकै आइसोलेसनमा बस्ने उल्लेख गरेका छन् । सांसद यादवलाई साउन १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ