२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सहित पर्सा र बारा थप ७० जना संक्रमित थपिए

स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सहित पर्सा र बारा थप ७० जना संक्रमित थपिए


जनकपुर – पर्साको वीरगञ्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जना महिला सहित ७० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये पर्साका ६५ जना र बाराका ५ जना रहेका छन् ।

नारायणी अस्पतालको ओपीडीमा कार्यरत वीरगञ्ज–३ प्रगतिनगरका ३३ वर्षीय र बारा नकटुवाका ४५ वर्षीय पुरुष, अस्पतालकै पेड्रियाट्रिक वार्डमा कार्यरत बारा पथलैयाका २३ वर्षीय पुरुष र अस्पतालकै क्वाटरमा बस्दै आएकी ३५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी, अस्पतालकै कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा परेका ५ वर्षीया बालिका, ३३ वर्षीया महिला र ५६ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । नेशनल मेडिकल कलेजमा कार्यरत दुई जना चिकित्सक र २३ वर्षीय एक युवकमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ६ जना प्रहरी छन् । वडा प्रहरी कार्यालय विर्तामा कार्यरत ५ जना र जिल्ला प्रहरी कार्यलय पर्सामा कार्यरत १ जना प्रहरी कर्मचारीमा संक्रमण देखिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरका अनुसार यो सँगै पर्सा जिल्लामा ३२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको जगरनाथपुर गाउँपालिका–३ का ३० वर्षीया महिला र ३ वर्षीया बालिका, बाराको जितपुर सिमरा उपमहानगरपालिका स्थित सिमरा क्वारेन्टिनका ४५ वर्षीय पुरुष र बाराको निजगढमा कार्यरत ३० वर्षीय सशस्त्र प्रहरी जवानमा कोरोना देखिएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ