२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि जनकपुरको जानकी मेडिकलको सेवा बन्द

बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि जनकपुरको जानकी मेडिकलको सेवा बन्द


जनकपुर – धनुषाको जनकपुरधाम स्थित रहेको जानकी मेडिकल शिक्षण अस्पतालको आइसियुमा भर्ना भएका एकजना बिरामीको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।  शनिबार ग्याष्ट्रिक र उच्च रक्त चापको समस्या देखिएपछि एम्बुलेसमा राखेर काठमाडौँ लैजाँदै गर्दा मिथिला नगरपालिका ८ बस्ने ती पुरुष बर्दिबासमा मुर्छा परेका थिए । त्यसपछि उनलाई बर्दिबासस्थित सिटी केयर हस्पिटलमा प्राथमिक उपचार गरी चिकित्कको सल्लाह अनुसार जनकपुरस्थित जानकी मेडिकल शिक्षण अस्पतालको आइसियुमा भर्ना गरिएको थियो ।

सो बिरामीलाई दुई दिन आइसियुमा राखेर थप उपचारका लागि काठमाडौँ जान चिकित्सकले सुझाव दिएका थिए । सोही अनुसार हेलिक्पटरबाट उनलाई थप उपचारका लागि काठमाडौँ लैजाने परिवारजनको योजना थियो । तर, हेलिकप्टरले पिसिआर रिपोर्ट आएपछि मात्र बिरामी बोक्ने भनेपछि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा उनको स्वाब संकलन गरी पिसिआर परिक्षण गरिएको थियो ।

सोमबार दिउँसो करिब २ बजे उनको रिपोर्ट पोजेटिभ आएको उनका छोराले बताए । अस्पताललाई बिरामीको रिपोर्टको विषयमा जानकारी गराउँदा अस्पतालले बिरामीको उपचार गर्न नमानेको बिरामीको परिवारजनले आरोप लगाएको छ ।  ‘बुवाको अवस्थामा सुधार आइसकेको थियो तर हिजोदेखि डाक्टरले न उपचार गर्न मानेको छ । न हामीलाई बुवालाई भेट्न जान दिएको छ,’ उनका छोराले भने, ‘सिडियोलाई भनेको छु । कोरोना अस्पातालाई हिजैदेखि भनेको भनै छु तर कसैले सुनवाई लिइरहेको छैन् । ’

यता, अस्पताल प्रशासनले आइसियुमा अन्य चारजना सिकिस्त बिरामी रहेको र अन्य बिरामीसहित अस्पतालका कर्मचारीहरुलाई समेत जोखिम भएकाले संक्रमितलाई बाहिर सेवा सुविधा भएको अस्पतालमा लैजान आग्रह गरेको बताएको छ । अस्प्ताल प्रशासनका सुनिल यादवले बिरामीको उपचार नरोकिएको तथा बिरामी लैजान धाकधम्की समेत नदिएको दावी गरेका छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ