२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सप्तरीमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

सप्तरीमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु


जनकपुर – सप्तरीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । डाकनेश्वरी नगरपालिका छातापुर घर भइ राजविराज नगरपालिका ६ मा बस्दै आएका ८० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार कोरोना संक्रमण देखिएपछि आइसोलेसन पुर्याउने क्रममा ती वृद्धको मृत्यु भएको हो ।

चारदिन अघि ज्वरो आएपछि उपचार गराउन आएका ती पुरुषको स्वाब लिइएको थियो । स्वाब परीक्षणको रिपोर्ट मंगलबार साँझ पोजिटिभ आएपछि एम्बुलेन्समा आइसोलेसन पुर्याउने क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख यादवले बताए । यो सँगै जिल्लामा कोरोनाबाट मृ्त्यु हुनेको संख्या ३ पुगेको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ