२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २५ वर्षीया बालिका सहित पर्सा र बारामा थप ३५ जना संक्रमित

५ वर्षीया बालिका सहित पर्सा र बारामा थप ३५ जना संक्रमित


जनकपुर – पर्साको वीरगञ्जस्थित रहेको नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सा र वारमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायका अनुसार संक्रमित हुनेमा २५ जना पुरूष र १० जना महिला रहेका छन् ।

त्यसमध्ये, एक जना ५ वर्षकी नाबालिका समेत रहेका छन् । मेसु उपाध्यायका अनुसार बुधबार बेलुकी प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका १ जना र पर्सा जिल्लाका ३४ जना थप ३५ जनामा संक्रमण पुष्टि भएको छ ।

कन्ट्याक्ट ट्रेसिङबाट संकलन गरिएको स्वाब नमुना परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । अधिकांश संक्रमित घण्टाघर, रानीघाट, घडिअर्वा क्षेत्रका छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ