२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २थप कोरोना संक्रमणबाट २ जनाको मृत्यु

थप कोरोना संक्रमणबाट २ जनाको मृत्यु


जनकपुर – मासु व्यवसायीको कोरोना संक्रमणबाट बारामा मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा ४ ५५ बर्षीय शेख समी उल्लाह ननकको बिहिबार मृत्यु भएको हो ।

सुगर र प्रेसरका बिरामी शेख केही दिनदेखि बिरामी परेका थिए ।  बुधबार एक्कासी मृतक शेख सिकिस्त विरामी भएपछि नारायणी उपक्षेत्रिय अस्पताल वीरगन्जमा उपचारका लागि भर्ना गरेका थिए । उपचारकै क्रममा शेखको मृत्यु भएपछि कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएको वडा नम्बर ४ का वडा सदस्य नसिम मियाले वताए । मृतक शेख सिमरा चोकमा मासु पसल गर्दै आएका थिए ।

यस्तै, धनुषामा कोरोना संक्रमणबाट थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेकी महिलाको मृत्यु भएको हो ।  धनुषाको बर्दिबास स्थित निजी अस्पतालमा भर्ना भएकी धनुषाको मिथिला नगरपालिका वडा नम्बर ७ स्थित ढल्केबर बस्ने ६० वर्षीया महिलाको रोग पत्ता नलागेपछि थप उपचारको लागि धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका थिए । अस्पतालमा उपचारका लागि भर्ना भएपछि महिलामा संक्रमण पुष्टि भएको थियो ।

उपचारका क्रममा उनको आज मृत्यु भएको हो । मृतक महिलाको शव धरानबाट मिथिला नगरपालिकाको पहलमा नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले वताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ