२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २रौतहटमा पिसिआर ल्याब संचालन गरिने : प्रजिअ यादव

रौतहटमा पिसिआर ल्याब संचालन गरिने : प्रजिअ यादव


जनकपुर—रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले गौर अस्पतालमा कोभिड—१९ परीक्षणका लागि पिसिआर ल्याब स्थापना गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने निर्णय गरेको छ ।

यस्तै, देवाही गोनाही नगरपालिका-०९ धरहरीमा रहेको जयकिशान पोलिटेक्निक इन्स्टिच्युटको भवनमा ३ सय वेड क्षमताको आइसोलेसन सेन्टर निर्माण गरी तत्काल संचालनमा ल्याउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

प्रजिअको रुपमा बुधबार कार्यभार सम्हालेका यादवले सुरुमै कोभिड—१९ नियन्त्रण र रोकथाममा सक्रियता देखाएका छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ