२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश २ अपडेट : थप १९९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६, ६२७ पुग्यो

प्रदेश २ अपडेट : थप १९९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६, ६२७ पुग्यो


जनकपुर – धनुषामा ५४सहित प्रदेश २ मा  पछिल्लो २४ घण्टामा १ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार धनुषामा ५४ जना, पर्सामा ३२ जना, सर्लाहीमा २७ जना, रौतहटमा २४ जना, सप्तरीमा २१ जना, महोत्तरीमा २० जना, बारामा २० जना र सिरहामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक विजय झाले बताए ।

यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार ६ सय २७ पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेश २ मा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । निर्देशनालयका अनुसार मृत्यु हुनेमा सिरहाको बिष्णुपुर गाउँपालिका १ का ४० वर्षीय पुरुष र सर्लाहीमा मृत्यु भएकी एक महिलाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै, कोरोनाको आशंका गरिएको धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ । मृतकको स्वावको रिपोर्ट भने आउन बाँकी रहेको छ ।

त्यस्तै,   योसँगै प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ