गृहपृष्ठ ∕ प्रदेश २ ∕ नेमकिपाका सिरहाका उपाध्यक्ष सिंहको कोरोना संक्रमणबाट मृत्यु नेमकिपाका सिरहाका उपाध्यक्ष सिंहको कोरोना संक्रमणबाट मृत्यु हेल्थ आवाज शुक्रबार, २०७७ साउन ३० गते, २०:०१ मा प्रकाशित जनकपुर – नेपाल मजदुर किसान पार्टीका सिरहा जिल्ला उपाध्यक्षको कोशी अस्पताल विराटनगरमा कोरोना संक्रमणबाट मृत्यु भएको छ । उपचारको क्रममा सिरहाको विष्णुपुर गाउँपालिका १ का ४० वर्षिय संजिव सिंहको गएराती मृत्यु भएको हो । निमोनिया र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि विराटनगर गएका थिए । उपचारको क्रममा सिंहको मृत्यु भएको विष्णुपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलदेव यादवले बताए । उपचारकै क्रममा रहेका सिंहलाई कोरोनाको लक्षण देखिएपछि बिहीबार दिउँसो ११ बजे स्वाब संकलन गरि परीक्षणको लागि पठाएको थियो । प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणमा ७ बजे कोरोना पोजेटिभ आएको अधिकृत यादवले बताए । सिंहको मृत्यूपछि गृह नगरमा विष्णुपुर गाउँपालिकामा आज विहान ४ बजेदेखि साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको अधिकृत यादवले बताए ।मृतकको सम्पर्कका सबै व्यक्तिको पिसिआर परीक्षण गरिने अधिकृत यादबले वताए । मृतक सिंहको शव व्यवस्थापन नेपाली सेनाले गर्ने बताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन… मधेश प्रदेशमा ४ हजार २ सय ८७ एचआईभी प्रभावित बर्दिवास मेडिकल कलेज निर्माण प्रक्रियाले गति लिदैं धेरै पढिएका १ वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान २ १०० शैय्याको मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा. रविना ३ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ४ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ५ पिजीका चिकित्सकलाई मेडिकल अधिकृतसरह निर्वाह भत्ता दिन माग ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ ४ पुसबाट फार्मेसीमा परिचय र पोशाक अनिवार्य Kalpana Craft ट्रेण्डिङ तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार स्वास्थ्यमन्त्रीको महत्वकांक्षी क्यान्सर उपचार सेवा : कर्णालीमा सम्झौता भयो कार्यन्वयन भएन ज्यान जोगाउने औषधि खरिदमै सरकारी ढिलासुस्ती, आर्थिक वर्षको अन्त्यमा करोडौंको औषधि खरिद स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’ कर्णालीका पदाधिकारीलाई काम गर्न रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनको आदेश डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान तलब भत्ताबाट वडाध्यक्ष गर्न थाले बालबालिकाको उपचार स्वास्थ्यमन्त्रीको महत्वकांक्षी क्यान्सर उपचार सेवा : कर्णालीमा सम्झौता भयो कार्यन्वयन भएन ज्यान जोगाउने औषधि खरिदमै सरकारी ढिलासुस्ती, आर्थिक वर्षको अन्त्यमा करोडौंको औषधि खरिद स्वास्थ्यमन्त्रीका योजना गफमै सिमितः सेतीमा एक पटकमात्रै क्यान्सर स्क्रीनिङ विराटनगरका चर्चित चिकित्सकहरूले खोले ‘होप हेल्थ केयर’ कर्णालीका पदाधिकारीलाई काम गर्न रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनको आदेश डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान