२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सिरहाको नरहा गाउँपालिका आज मध्येरातिदेखि निषेधाज्ञा

सिरहाको नरहा गाउँपालिका आज मध्येरातिदेखि निषेधाज्ञा


जनकपुर – सिरहाको नरहा गाउँपालिकाले आज मध्ये १२ बजे देखि निषेधाज्ञा लगाउने निर्णय गरेको छ । कोरोना भाइरसको महामारी समुदायस्तरमा फैलिरहेका बेला नरहा गाउँपालिकामा जोखिम न्युनिकरण गर्नका लागि आज राति १२ बजे देखि भदौ ५ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा लगाउने भएको छ ।

नरहा गाउँपालिका लगायतका छिमेकी गाउँपालिका तथा नगरपालिकाहरुमा समुदायस्तरमा कोराना भाइरसको संक्रमण बढन थालेपछी रोकथाम तथा नियन्त्रणको लागि यस गाउँपालिका भित्र सार्वजनिक यातायात बन्द गर्ने, बैंक तथा वित्तिय संघसंस्थाहरु समाजिक दुरी कायम गरी संचालन गर्ने निर्णय गरको हो ।

यसका साथै गाउँपालिकाले हाट बजार, होटल, र अन्य पसल पूर्ण रुपमा बन्द गर्ने, अतिआवश्यक सेवा औषधि पसल २४ घण्टा र खाद्यान्न, पानीको गाडी, ग्यास पसल, किराना पसल बिहान ८ बजे देखि ११ बजे सम्म मात्र खुल्ला राख्ने निर्णय गरेको हो । लकडाउन उलंघन गर्नेलाई नियमअनुसार कारवाही गर्ने समेत निर्णय गरेको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ