२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सिरहामा १० प्रहरीसहित थप २४ जनामा कोरोना पुष्टि

सिरहामा १० प्रहरीसहित थप २४ जनामा कोरोना पुष्टि


 जनकपुर – सिरहामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको पिसिआर परीक्षणमा आज साँझ इलाका प्रहरी कार्यालय गोलबजारका १० जना प्रहरी र ४ जना सर्वसाधारणको रिपोर्ट पोजेटिभ आएको हो ।

त्यसैगरी, कन्ट्याक्ट ट्रेसिङकै आधारमा सिरहा नपा माडरमा पनि १ जना प्रहरी सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नरहा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमित हुनेमा ४ महिला र २० जना पुरुष छन् । उनीहरु सबै ११ देखि ७० वर्ष उमेर समूहका रहेको बताइएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ९८ पुगेको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ