२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २कोरोना संक्रमित बढेपछि सर्लाही र रौतहटमा निषेधाज्ञा थप

कोरोना संक्रमित बढेपछि सर्लाही र रौतहटमा निषेधाज्ञा थप


जनकपुर—कोरोना संक्रमित बढेपछि जिल्ला प्रशासन कार्यालय रौतहट र सर्लाहीले थप एक साताका लागि निषेधाज्ञाको अवधी थप गरेका छन् । ७ भदौसम्म रहेको निषेधाज्ञाको समय एक साता थप गरिएको छ ।

कोरोना संक्रमणको जोखिम कम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ तथा संक्रमण रोग ऐन, २०२० को दफा २ बमोजिम निषेधाज्ञालाई भदौ ८ देखि १५ गतेसम्म एक साता थप गरिएको हो ।

सर्लाहीमा भने भदौ १४ गते सम्मका लागि थपिएको हो । निषेधाज्ञामा खाद्यान्न, निर्माण सामाग्रीका पसल तथा बैंकहरु बिहान ७ देखि ११ बजेसम्म संचालनको छुट दिएको छ । स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्ने शर्तमा सो सहुलियत प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

सर्लाहीमा निषेधाज्ञाको म्याद तेस्रो पटक एक साताका लागि थप गरिएको हो । अब जिल्लामा आगामी भदौ १४ गतेसम्मका लागि निषेधाज्ञा जारी रहनेछ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ