२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २रेम्डेसिभिर औषधि कालोबजारी गर्ने २ जना पक्राउ

रेम्डेसिभिर औषधि कालोबजारी गर्ने २ जना पक्राउ


जनकपुर—पर्सामा अस्पतालमा उपचाररत कोरोना संक्रमितका लागि रेम्डेसिभिर औषधि ल्याइदिने भन्दै आफन्तसँग चर्काे रकम असुल्ने २ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज हेल्थ केयर अस्पतालका प्राविधिक हुसैन अन्सारी र एकजना भारतीय नागरिक रहेका छन् ।

पक्राउ परेका दुवै जनालाई कोरोना संक्रमितको उपचारमा परीक्षण भइरहेको औषधि रेम्डेसिभिरको अवैध कारोबार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेकाको साथबाट ९ थान रेम्डेसिभिर प्रहरीले बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता मनोजित कुँवरका वताए । पक्राउ परेका दुवै जनाको बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता कुँवरले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ