२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २धनुषामा निषेधाज्ञा एक साता थप

धनुषामा निषेधाज्ञा एक साता थप


जनकपुर—धनुषा जिल्लाभर जारी निषेधाज्ञाको समय सात दिन फेरि बढाइएको छ । जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार आइतबार राति १२ बजेदेखि भदौं २१ गते राति १२ बजेसम्म धनुषा जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो ।

जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र धनुषाको सिफारिस तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।

उनले जिल्लामा कोरोना संक्रमण बढ्दै गएका कारण निषेधाज्ञाको समय बढाइएको बताए । भट्टराईका अनुसार निषेधाज्ञाको अवज्ञा गर्ने कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिनेछ ।

निषेधाज्ञाको समयमा एम्बुलेन्स, शववाहन, खाद्य सामग्री बाहक सवारी साधन, औषधी बोकेको सवारी साधन, पानी, दुध, पेट्रोल, ट्यांकर, फलफूल तथा तरकारी बोकेको सवारी साधन, सरकारी नम्बर प्लेटको दुई पाङ्ग्रे र चारपाङ्ग्रे, झण्डावाहक सवारी साधन, कुटनीतिक निकायको सवारी साधन र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गाडीहरु संचालनमा रहनेछ । यस्तै सार्वजनिक यातायात तथा इलेक्ट्रीक रिक्सासमेत चलाउन नपाउने प्रशासनले जनाएको छ ।

खाद्यान्न सम्बन्धी पसल, फलफूल, तरकारी, दुध र डेरी पसलहरु विहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म संचालन गर्न पाउने बताइएको छ । यस्तै, सुरक्षा र स्वास्थ्य मापदण्ड पालना गर्ने उधोग कलकारखाना संचालन गर्न पाइनेछ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ