२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २उपचार गर्न आएकी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ

उपचार गर्न आएकी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ


जनकपुर—धनुषाको सबैलामा उपचार गर्न आएकी २४ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले एकजना स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ । सबैला नगरपालिका—१२ रघुनाथपुरमा क्लिनिक संचालन गर्दै आएका सोही ठाउँका ३० वर्षीय अहेब श्रवण साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ गरेको हो ।

पीडित महिलाले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको बलात्कार प्रयास विरुद्धको उजुरीको आधारमा ती स्वास्थ्यकर्मीलाई पक्राउ गरेको धनुषाका एसपी रमेशकुमार बस्नेतले बताए ।

सबैला नपा—१२ रघुनाथपुर २४ वर्षीया महिला जेठानीसँग उपचारका लागि साहले संचालन गर्दै आएको क्लिनिकमा आएकी थिइन् । साहले शरीरमा पानीको मात्रा कम भएको भन्दै स्लाइन दिए ।

स्लाइनको पानी सकिन लागेको बेला कुरुवामा आएकी जेठानीलाई उनले बिरामी हिडेर जान नसक्ने भन्दै आफूले मोटरसाइकलमा घरसम्म पु¥याइ दिने आश्वासन दिएपछि जेठानी घर फर्किइन् ।

बिरामी महिलालाई नहरको बाटो हुँदै घर लादै गर्दा बाटोमा मोटरसाइकल रोकेर बलात्कार प्रयास गरेका आरोप महिलाको छ । महिलाले आफू प्रतिकार गर्दै भागेपछि स्थानीयहरुले उद्धार गरेको उजुरीमा उल्लेख गरेकी छन् ।

महिलाको प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य परीक्षण गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक बस्नेतले बताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ